चितवन २९ मंसिर
चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। ‘नेपाल आइस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो। यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ।
टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ। नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएको छ। टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ।
यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ। ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मुल्य रू.३४०/– र ३३० मि.लि. बोतलको उपभोक्ता मुल्य रू.१७५/– कायम गरिएको छ।