कक्षा ११ मा पढ्ने विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर आत्महत्या गरेकी छन्। चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
बिहानै उनका बुबा-आमाले छोरीको शवल झुन्डिएको अवस्थामा फेला पारेका थिए। लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए। प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट फेला पारेका थिए।
सुसाइट नोटमा उनले हरेक आमा-बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन्। उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन्। उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन्।
सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ।
विद्यालयका शिक्षक पक्राउ
एक निजी विद्यालयका ४० वर्षीय गणित शिक्षकलाई अनलाइन कक्षामा आफ्ना विद्यार्थीहरूसँग अनुपयुक्त भिडियो र तस्बिरहरू सेयर गरेको आरोपमा यौन अपराधबाट बालबालिकाको संरक्षण ऐनअन्तर्गत पक्राउ गरिएको छ।
विद्यालय व्यवस्थापनले उनीविरुद्ध उजुरी दिएपछि चेन्नईको थिरुमंगलमस्थित सबै महिला प्रहरी चौकीमा उनलाई पक्राउ गरिएको थियो ।
कलेजका प्राध्यापक पक्राउ
अर्को घटनामा, चेन्नईको बाहिरी भागमा अवस्थित एक निजी कलेजका एक प्राध्यापकले आफ्ना विद्यार्थीहरूसँग दुर्व्यवहार गरेको र कक्षामा अश्लील टिप्पणी गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई पक्राउ गर्न माग गर्दै शुक्रबार राति विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । कलेज प्रशासनले उनीविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।