विगत केही वर्षदेखि पुरै विश्वलाई नै कोरोना भाईरसले आक्रान्त पारेको छ। यो वर्ष पनि केही समय बन्दाबन्दी भयो। अहिले केही खुकुलो भएपनि कोभिडको समस्या निमिट्यान्न भएको भने छैन। र २०२१ को वर्ष समाप्तीको सँघारमा उभिदै गर्दा वर्षभरीका तितामिठा यादहरुलाई सम्झिदैँ यो वर्ष लाई पनि बिदा गर्ने बेला भएको छ।
अङ्ग्रेजी नयाँ वर्ष आउन अब केही दिन मात्र बाँकी छ। अङ्ग्रेज उपनिवेशबाट टाढा रहेकाले नेपालमा ईस्वी संवतले जरा गाड्न नसके पनि यस संवतको नयाँ वर्ष भने नेपालमा पनि धुमधामका साथ मनाइने गरिन्छ। नेपाल पर्यटकीय स्थल भएका कारणले पनि यस संवतको नयाँ वर्षको विशेष महत्व छ। यस्तै यस सुन्दर पर्यटकीय स्थल को एउटा गन्तव्य स्थान हो चितवन। चितवन, राष्ट्रिय निकुञ्ज को अवलोकन र सफारी का लागि देशमा मात्र नभई विदेशसम्म पनि प्रसिद्ध छ। र यही चितवन जिल्लामा अवस्थित छ टाईगरल्याण्ड सफारी रिसोर्ट।
आउँदै गरेको नयाँ वर्षको उपलक्ष्यमा यस टाईगरल्याण्ड सफारी रिसोर्टले सांगितिक कार्यक्रम को आयोजना गरेको छ। देशविदेशमा ख्यातीप्राप्त केही राष्ट्रिय कलाकारहरुको समेत यस कार्यक्रममा उपस्थिति रहने छ। यसै महिनाको ३१ तारिखमा (पौष १६) चितवन जगतपुर स्थित टाईगरल्याण्ड सफारी रिसोर्टमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ।
प्रभात लामाले सञ्चालन गर्ने कार्यक्रममा गायक कमल क्षेत्री, गायिका एलिना चौहान, र्यापर मिष्टर डी, र डिजे कल्पितले कार्यक्रममा रौनक छर्ने छन्। उपस्थित भएर रमाइलो गर्नका लागि भने ३५०० रुपैँया तोकिएको आयोजकले जनाएको छ। डिजे डान्स पार्टीमा काठमान्डौबाट प्रख्यात नर्तकीहरु पनि आउने र कार्यक्रम भव्य रहने बताइएको छ। उक्त रकम भित्र गाला डिनर, एक बोत्तल बियर, एक पेग भोड्का, सफ्ट पेय पदार्थ पनि पाइने र यदि रिसोर्टमै बस्नुपरेको खण्डमा थप पैसा तिर्नुपर्ने आयोजकले जानकारी दिएको छ।
बजारको कोलाहाल वातावरणबाट छुटकारा पाएर प्रकृतिको मनोरम वातावरणमा सांगीतिक माहोलको अनुभव अविस्मरणीय हुने आयोजकको विश्वास छ।