निराज रानाभाट , काठमाडौं : यो वर्ष पनि पुस १७ गते , शनिबार ( अाज ) जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाइँदै छ ।
राष्ट्रिय पोशाकको प्रयोग गरि राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन थालिएको हो ।
आज ( शनिबार ) को दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा आग्रह गरिएको छ ।
वर्षको १ दिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिएपनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
यो अभियानमा देश – विदेशर , गाउँ – शहर , जो – जो , जहाँ – जहाँ भएपनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गरिएको छ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ , सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार – प्रसार गर्न समेत आग्रह गरिएको छ ।