जिल्लाको भेरी नगरपालिका-४ गैरीखाली स्थित एक स्थानीयको घरमा जुवा-तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।
सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आज आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भेरी नगरपालिका-५ बस्ने ४२ वर्षीया दलबहादुर घर्ती, भेरी-४ बस्ने ४६ वर्षीय प्रचण्ड जंग शाह, भेरी-८ बस्ने २५ वर्षीय जीवन खत्री,
भेरी-४ बस्ने २७ वर्षीय प्रभात केसी, भेरी-६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी-४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी-४ बस्ने २७ वर्षीय २७ नीराजन भडेल
त्यस्तै, छेडागाड नगरपाललिका- १३ बस्ने ४२ वर्षीय कर्ण बहादुर खड्का छेडागाड-५ बस्ने ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड-१० बस्ने ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा-९ बस्ने वर्ष ४८ को दिकपाल आरसीजि, रुकुम पश्चिम चौरजहारी नगरपालिका-६ बस्ने २० वर्षीय विकाश विक र चौरजहारी नगर-३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीले खालबाट नगद २ लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान गरेको छ।
उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रिया अगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली काङ्ग्रेस भेरिका सभापति हुन्।