निराज रानाभाट , काठमाडौं : राजधानी काठमाडौंको गोपीकृष्ण मार्गमा अवस्थित ॐ समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त उपचार सजिलो , सहज होस् भन्ने उदेश्यले “ जसको दाँत सबल उसको जीवन सफल ” भन्ने मुल नारा सहित एकै दिनमा बेग्लाबेग्लै २ स्थानमा नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
ॐ समाज डेण्टल हस्पिटलद्वारा संचालित काठमाडौंको बसन्तपुर डबलीमा सम्पन्न नि:शुल्क दन्त
शिविरमा लायन्स क्लब अफ सिद्दी तथा त्रिसा नेपालको समेत सहकार्य रहेको थियो । उक्त शिविर मा ८० जनाको नि:शुल्क दन्त परिक्षणको साथै ब्लड सुगर जाच , नि:शुल्क मास्क वितरण समेत गरिएको थियो भने दन्त चिकित्सा सुविधाबाट वञ्चित , बृद्ध पुरुष तथा महिला , सडक बालबालिका , झुपडीमा बस्ने , जोखिममा रहेका चालकलगायतलाई लक्षित गरि काठमाडौंको ठमेलको सातघुम्तीमा मेन्ज फाउन्डेसनको सहकार्यमा नि:शुल्क दन्त शिविर सम्प्पन भएको छ ।
यसअघि , मेन्ज फाउन्डेसन तथा त्रिसा नेपालले काेराेना भाइरस ( कोभिड – १९ ) ले जनताको जीवनमा गहिरो असर पारेको भन्दै राशन तथा भोजन वितरण गर्दै आइरहेका थिए ।