कान्ति लोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्र्याक्टरचालक कैलालीको सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर र करिब ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौंडातर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो।
ट्र्याक्टरमा रहेका दुवैजना दुर्घटनामा सिकिस्त भएकाले हेटौंडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।