संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नु भएको छ ।
भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले बतासले होटेल चलाएको लगायत अन्य ठाउँकोसमेत आज बिहान निरीक्षण गर्नु भएको हो ।
बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुने गरेको छ ।
“समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,” आलेले भने, “भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।”

तिलगंगामा रहेको होटेल आनन्द
यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको बताउँदै सत्यतथ्य बुझेपछि मात्र आवश्यक निर्णय लिइने मन्त्री आलेले बताउनुभयो ।

