कोरोना महामारीको संक्रमण बढ्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज परीक्षा स्थगित गरिएको सूचना जारी गर्दै सबै संकाय अन्तर्गत वार्षिक र सेमेस्टरका सञ्चालनमा रहेको र सञ्चालन हुन बाँकी सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण जोखिम बढेकाले माघ ९ देखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा. मोहनबहादुर बस्नेतले जनाएका छन् ।


