प्रतिबन्धित क्रिप्टो करेन्सीको किनबेच गर्नेहरु प्रहरीद्वारा पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थायी ठेगाना जिल्ला पर्वत फलेबास न.पा.वडा नं.११ कर्नासका हाल कास्की पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उ.म.न.पा.वडा नं.४ ईटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाण्डौ का.म.न.पा.वडा नं.११ थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ रहेका छन्।
उक्त व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश विपरित क्रिप्टो करेन्सी/BTC बिटक्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी महाशाखाबाट विशेष टोली परिचालन गरिएकोमा हिजो ६ गते दिउसो काठमाण्डौको मिनभवनबाट तपसिलमा उल्लेखित ठेगाना भएका राजन भट्टराई बिशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठलाई पक्राउ गरी ल्याइएकोमा निजहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
पक्राउ परेका व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० ।- कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको पनि प्रहरीले बताएको छ।
साथै नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन विपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ।