चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ। सिरिन्ज शनिवार नेपाल आइपुगेको हो।
पछिल्लो महामारीबाट पीडित नेपाली जनताप्रति सहानुभूति प्रकट गर्दै चीनले सिरिन्ज सहयोग गरेको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको दूतावासले जनाएको छ। खोप शुक्रवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
महामारीविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्ने र आर्थिक पुनरुत्थानलाई साकार पार्न चीनले नेपालसँग निकट समन्वय कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
Glad to learn 2 million syringes granted by the Chinese Embassy have been delivered today. Hope they will contribute to the ongoing vaccination campaign! China always stands ready to support our Nepali friends! @PRCSpoxNepal pic.twitter.com/sha5oj0z16
— Ambassador Hou Yanqi (@PRCAmbNepal) January 22, 2022

