मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर एक सिंगे गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।
उक्त गैंडालाई मंसिर १२ गते उद्धार टोली, हात्ती, पशु चिकित्सक र स्थानीय बासिन्दाले उद्धारगरी उपचार गरेका थिए। लडेर अर्धचेत अवस्थामा पुगेको गैंडालाई उद्धार गर्न करिब १२ घण्टा लागेको थियो।
गर्धन, खुट्टामा चोट लागको तथा पछाडिको भाग पूर्णरुपमा अर्धचेत अवस्थामा भेटिएको अन्दाजी २० देखि २५ वर्षको भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले बताए।
आर्थिक वर्ष २०७७/०७८ मा यस निकुञ्जमा १६ वटा गैंडाको मृत्यु भइसकेको छ। त्यसमध्ये ४ वटा गैंडा सिकारीले मारेको निकुञ्जले जनाएको छ।
समाचार श्रोत: सेतोपाटि
तस्बिर: हिमालय टाइम्स