केन्द्रिय तथ्यांक विभागले हिजो जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। चितवन जिल्लाको जनसंख्या पनि १० वर्षको अन्तरालमा २.१०% वार्षिक वृद्धिदरले १,४२,१८४ जना नयाँ जनसंख्या थपिएको छ।

प्रारम्भिक नतिजा
सामान्य जनघनत्व रहेको चितवनमा प्रतिवेदन अनुसार प्रति वर्ग किलोमिटरमा ३२६ जना अटाउने रहेछन भने औसत परिवार संख्या ३.९७ जनाको रहेको छ।
त्यस्तै गरि देशभरमै पुरुषको संख्या भन्दा महिलाको संख्या धेरै पाइएको थियो भने चितवनमा पनि ३५४०७१ पुरुष हुँदा ३६८,०९७ महिला संख्या तथ्यांकले देखेको छ जसमा महिलाको संख्या पुरुषको भन्दा १४,०२६ ले बढी हुन आउँछ।

यस्तैगरी स्थानीय तहमा पनि भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ७७८३८ घरधुरी रहेका छन् भने जम्मा संख्या ३६९,३७७ रहेका छन्। यस्तै महानगरपालिकामा पनि पुरुषको भन्दा महिलाको संख्या धेरै नै रहेको छ। चितवनमा सबैभन्दा थोरै जनसंख्या भने इक्षाकामना गाउँपालिकामा जम्मा २६९६५ जना रहेका छन् जसमा महिला भन्दा पुरुषको संख्या थोरैले मात्र बढी छ।

