महोत्तरीको महोत्तरी गाउँपालिका-४ रानीखतवाडाबाट १६० किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
गणेश चौधरीको कुखुरा फर्म पछाडि परालको कुन्युभित्र लुकाएर राखिएको १६ वटा पोका गाँजा बिहीबार साँझ बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवास प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताए।
विशेष सूचनाअनुसार जलेश्वर बिओपी र जलेश्वर बेशबाट पनि मद्दतका लागि गएको सशस्त्रको टोलीसहितले गाँजा बरामद गरेको मगरले बताए। गाँजा नेपाल प्रहरीलाई बुझाइ सकिएको सशस्त्र प्रहरीले बताएको छ।