सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ ।
उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।
यो समाचार तयार पार्दा सम्म उक्त भिडियोमा तिन लाख तिस हजार जनाले हेरेका थिए भने २४,५०० जनाले लाइक गरेका छन्।