पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या अत्याधिक मात्रामा बढेको छ। देशमा भईरहने राजनैतिक परिवर्तनको वितृष्णा र जीवनपयोगी शिक्षाका लागि विदेशमा गएर अध्ययन गर्न चाहानेहरु ठुलो अनुपातमा बढ्दै गईरहेको छ।
तर यसरी विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया र कानुनि अवस्थाहरुको बारेमा विद्यार्थीहरु अनविज्ञ हुनु र उक्त देशहरुमा गई अलपत्र पर्ने र कतिपय अवस्थामा एरपोर्टबाटै नेपाल फिर्ता हुनपर्ने घटना र समाचारहरु हामीले सुन्दै आएका छौं। अघिल्लो हप्ता मात्रै बेलायतका विभिन्न विमानस्थलबाट विद्यार्थीहरु नक्कली कागजात, आँफु जाने शैक्षिक संस्थाको पूर्ण जानकारी, पढ्ने विषयमा अनविज्ञ भनेर फिर्ता पठाइएको समाचार पनि कान्तिपुरले प्रकाशित गरेको थियो।
त्यसै विषयमा रहेर आज गृहमन्त्रालयले विज्ञप्ति जारि गर्दै इजाजतपत्र नलिई अनाधिकृत रुपमा संचालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनाधिकृत रुपमा
अनलाईन विज्ञापन गर्ने शैक्षिक संस्थाहरु तथा अवैध रुपमा विदेशस्थित विभिन्न शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु प्रति पनि सरकारले निगरानी गरिरहेको जनाएको छ। त्यसरी गैरकानूनी रुपमा काम गरेको संस्थाहरु/व्यक्ति उपर सम्बन्धित व्यक्तिहरु नेपालमा भएमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकार। सुचना तथा उजुरी दिन पनि मन्त्रालयले विद्यार्थीहरुलाई अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेल द्वारा जारि विज्ञप्ति “त्यस्ता अनाधिकृत रुपमा संचालनमा आएका संस्थाहरु गैरकानूनी रुपमा संग्लग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही ” गरिने पनि जानकारी दिईएको छ।
त्यसैले उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरुले निर्धारण गरेका प्रक्रिया पुरा गरेर मात्र अध्ययन गर्न जान पनि मन्त्रालयले सुझाएको छ।


