लायन्स क्लब अन्तराष्ट्रियको स्वयंमसेवी संस्था हो लियो क्लब। लियो क्लव अफ गोरखाको अध्यक्षमा लियो बालकृष्ण परियार निर्वाचित हुनुभएको छ । शनिबार भएको बार्षिक साधारण सभाबाट लियो वर्ष २०२२/0२३ का लागि परियार अध्यक्षमा सर्वसम्मतले निर्वाचित हुनु भएको हो ।
त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा लियो अनुका आले मगर, द्धिर्तिय उपाध्यक्षमा लियो मोहन श्रेष्ठ , सचिवमा लियो मिलन उपरकोटि, सह सचिवमा लियो अस्मिता उपरकोटि, कोषाध्यक्षमा लियो राज गुरुङ निर्वाचित भएको क्लवका सचिव लियो मोहन श्रेष्ठले जानकारी दिनु भयो ।
जन सम्पर्क अधिकारिमा लियो सुमिना थापा मगर, सचेतकमा लियो प्रविन उपरकोटि, टेमरमा लियो समिर तामाङ र चिफ प्रोग्राम कोर्डिनेटर लियो ब्लेशन बयलकोटि सर्वसम्मत रुपमा निर्वाचित भएको सचिव श्रेष्ठले बताउनु भयो ।

