एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करणको उपाधिका लागि १० प्रतियोगी प्रतिस्पर्धा गर्ने भएका छन् ।एक्सपर्ट बेस क्याम्प भरतपुरमा शनिबार भएको सेमीफाइनल प्रतिस्पर्धामा सहभागी २० प्रतियोगी मध्ये १० जना फाइनलमा प्रवेश गरेका हुन् ।सेमीफाइनलमा कडा प्रतिस्पर्धाबीच १० जना प्रतियोगी फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले जानकारी दिए । क्वाटरफाइनलमा ३२ प्रतियोगीले प्रतिस्पर्धा गरेपछि २० जना सेमीफाइनलमा प्रवेश गरेका थिए । उनीहरुबीच कडा सेमीफाइनलमा कडा प्रतिस्र्धा चलेको थियो । सेमीफाइनलमा निर्णायकको भूमिका अग्रज संचारकर्मी अमर प्रधान, अजिता अधिकारी र प्रवेश किरण रहेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजन विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले गरेको छ ।

प्रतियोगितामा पहिलो अडिसन माडीमा गरिएको थियो । त्यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, पर्सा, टाँडी र भरतपुरमा अडिसन भएका थिए । त्यसबाट झण्डै १०० जना प्रतियोगी पहिलो चरणमा छनोट भएका थिए । यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए ।
यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।
प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल ,ट्रफी , प्रमाण पत्र र छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

