
भरतपुर वडा नम्बर २६ को हिरापुर क्षेत्रमा नारायणी नदीले तटबन्ध कटान गरेको छ । बुधबार कटान क्षेत्रको भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा नारायणी नदी व्यवस्थापन आयोजनाको टोलीले निरीक्षण गरेको थियो।
नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरले बधुबार साँझदेखि नै तटबन्धको काम गर्ने जनाएको छ । नदीको बहाब वृद्धि भइरहे भरतपुर २६ मा नदी पस्ने खतरा बढेको छ ।स्थलगत अनुगमन पश्चात नारायणी नदी कटान व्यवस्थापनका सन्दर्भमा भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट तत्काल रु. २० लाख रकम र अरु थप आवश्यक्ता अनुसार नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयबाट खर्च गर्ने गरी रोकथाम कार्य आजै अगाड़ी बढाईने नगरप्रमुख रेणु दाहालले वताउनु भयो।



