भरतपुर १८, गुञ्जनगरमा पर्यावरण संरक्षण एवं सम्वर्दन सस्थाले पर्यावरण संरक्षण एवं सम्वर्दन विषयक अन्तरकृया कार्यक्रम परमानन्द वैद्धिक भवन गुरुकुलको परिसरमा सम्पन्न गरेको छ।
पूर्व माननिय तथा भ्रष्टचार निवारण चितवनका अध्यक्ष भिमवहादुर श्रेष्ठको प्रमुख आथित्यतामा पर्यावरण संरक्षण एवं सम्वर्दन सम्वन्धी अर्न्तकृया कार्यक्रम सम्पन्न भएको हो।
सस्थाका अध्यक्ष दयानिधि अर्यालको सभापतित्वमा संचालन भएको अन्तरकृया कार्यक्रममा विशिष्ठ अतिथिहरुमा चितवन जिल्ला समन्वय समितिका सदस्य जनप्रतिनिधि कृष्ण भक्त भट्टराइ, पूर्व गुञ्जानगर गा.वि.स उपाध्यक्ष,समाजसेवी विष्णु प्रसाद ढकाल,परमानन्द स्मृति वैद्धिक विद्या भवन गुरुकुलको ब्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ ढकाल,चनौली वजार ब्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल अतिथिहरु,आइ सि टि डिजिटल सात्क्षरता कार्यक्रमका अभियन्ता विश्वराज अर्याल,अधिवक्ता समिक्षा भण्डारी,पर्यावरण संरक्षण एवं सम्वर्दन सस्थाका पदाधीकारीहरुको अन्तरकृया कार्यक्रममा सहभागिता रहेको थियो ।अन्तरकृया कार्यक्रममा सहभागि सवैले आफ्नो परिचयका साथ पर्यावरण कसरी वचाउन सकिन्छ भन्ने आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
सस्थाका अध्यक्ष दयानिधि अर्यालले सस्थाको स्थापना कसरी भयो? तथा सस्थाको भाविकार्यक्रमको वारेमा प्रकास पार्नुभयो ।प्रमुख अतिथिको भनाइमा पूर्व माननिय भिम वहादुर श्रेष्ठले वृक्ष रोपवण, वन तथा वातावरणको निकै महत्व रहेको छ । विदेशमा जाँदा पो यसको झन महत्व थाहा भयो भन्ने अभिब्यक्ति दिदै २०११ सालको वाडि आएपछि सरकारले चितवनमा वस्ती वसाल्ले योजना ल्याएको हो ।यस सस्थाले गर्न लागेको रचनात्मक कार्यमा म सधै साथमा रहने छु । मेरो आवश्यकता परेमा म सस्थाको साथमा छु भन्ने विचार ब्यक्त गर्नु भयो ।सस्थाका सचिव विष्णु प्रसाद अर्यालले सो कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको समापन चितवन जिल्ला समन्वय समिति सदस्यले पर्यावरण ,वातावरणको महत्व तथा जडिवुटि नर्सरीको अवश्यकता पर्यावरण संरक्षण एवं सम्वर्दन सस्थाले पुरा गर्ने भरोसा रहेको अभिब्यक्ति दिनुभएको थियो ।

