ओशो, मार्क्स र धर्म (विचार)
रामशरण गैरे
क्यानडा वसाइका केहि महिना म बेरोजगार जस्तै थिएँ। भिजिट भिसामा गएको मान्छेले केही काम गर्न पनी नपाउने घुम्न पनि कती घुम्ने र? बेरोजगार हुँदा, स्वाभाविक हो, निराशा र कुण्ठाले मनमा सजिलै घर बनाऊँछन्। जे गरेपनि निराशा र कुण्ठाबाट फुत्किन असाध्यै गाह्रो भईरहेको थियो मलाई। यस्तैमा धेरै वर्ष अधि रोजगारीको क्रममा युएइमा रहदा सामाजिक सञ्जाल केलाउने क्रमम़ा ओशोको प्रवचनहरू युट्युबमा हेरेको थिए र त्यसप्रति रूचि जागेको थियो त्यसैमा मन भुलाउने प्रयाश गरे ।
गर्दै ओशोको प्रवचन र व्यक्तित्वबाट निकै नै प्रभावित भई उहाँसँग सम्बन्धित धेरै सामग्रीहरू युट्युबमा खोजीखोजी हेर्न थालेँ ।उनका प्रवचनहरूले मलाइ एकैपटक कुनै जादूमयी संसारमा प्रवेश गरजस्तो, वर्षौंसम्म अँध्यारो सुरुङ्गमा हिँडेपछि अचानक उज्यालोमा आईपुगेजस्तो, कुनै सुख्खा-उजाड स्थल अचानक सुन्दर बगैंचामा परिणत भएजस्तो; यस्तो लाग्छ त्यो क्षण म सम्मोहित अवश्थामा थिएँ। मेरो त्यतिखेरको मानसिक अवश्था कस्तो थियो कुन्नि, हरेक शब्द कुनै रहस्मय अज्ञात स्रोतबाट आईरहेजस्ता लाग्ने ती शब्दहरुले मलाई पूरै नियन्त्रणमा लियो।मलाइ ओशोका प्रवचनहरु खोजी-खोजी पढ्न र सुन्न थालें। प्रवचनहरुका साथ-साथै ध्यान-संगीत पनि खोजी-खोजी सुन्ने बानी लाग्यो।
ओशो एक अन्तर्मुखी होइन। एक भारतीय सन्तले आफ्नो समयमा मानिसहरुलाई यति ठूलो प्रभाव पारे कि पश्चिमी संसारका धेरै राजनीतिक शक्तिहरू उनीहरुको बिरूद्ध लागे। कसैको लागि ओशो एक महान वक्ता, संत र आध्यात्मिक गुरु थिए, तर धेरैले ओशोलाई केवल विलक्षण र यौन गुरुको रूपमा हेर्थे। ‘सेक्स परमात्माको शक्ति हो । आनन्दको द्वार हो । मैथुनको समयमा मन र विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु, जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ, त्यो विनासेक्स पनि बर्सिन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलब के हो भने म सेक्सलाई रूपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन, बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।’
बुझ्नुपर्ने कुरा के भने ओशोका दसौं हजार प्रवचनमध्ये मुस्किलले एक दर्जन प्रवचन सेक्ससँग सन्दर्भित छन्- त्यो पनि अत्यन्तै प्रासंगिक अवस्थाहरूमा। ओशो ‘सेक्स गुरु’ होइनन्, ‘फ्रि फ्रम सेक्स’ गुरु हुन्। ओशो सेक्सबाट जति मुक्त छन्, जति पर छन् उति थोरै मनुष्य भएका होलान्। हो कामवासनाको ऊर्जालाई कसरी रुपान्तरण गर्न सकिन्छ भनेर सिकाउने गुरुचाहिँ उनी पक्कै हुन्। यो बेग्लै कुरा हो कि ओशोलाई ओशोकै कतिपय सन्यासीले समेत बुझ्न सकेका छैनन्।
एक महान गुरुका अबुझ र अनुशासनहीन चेलाचेलीको ठूलो जमात सृजना भएको छ। यिनकै कतिपय क्रियाकलापले एउटा महान विचारकका अद्भुत व्याख्याबाट समाजको ठूलो हिस्सा लाभ लिनबाट बञ्चित भएको छ। दोष गुरुको शिक्षामा होइन, चेलाचेलीको गलत बुझाइमा र क्रियाकलापमा लुकेको छ। जीवन र जगतका कतिपय कठिनतम विषयलाई ओशोले जुन सहजता र सरलतासाथ व्याख्या गरिदिएका छन् त्यो आफैंमा एउटा चमत्कार हो।
बुद्धलाई धेरैले खुलेर मान्छन्, पढ्छन् । तर ओशोलाई लुकेर पढ्छन् आज पनि मानिसहरू । यसो बुझ्दै जाँदा र मानिसका अनुभव सुन्दै जाँदा ओशोलाई नपढ्ने र नसुन्ने व्यक्तिहरू हातका औंलामा गन्न सकिने देखिन्छन् । किन व्यक्तिहरू ओशोको दर्शनप्रति रूची हुँदाहुँदै पनि खुल्न सक्दैनन् ? किनकि शुरू शुरूका उहाँका हरेक प्रवचनहरू विरोधाभासपूर्ण लागे मनिसलाई ।वास्तवमा ओशोले मानिसको मनोविज्ञान जानेरै विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिनुभएको थियो । किनकि मानिसलाई सिधै उपदेश दिएर, यो गर, त्यो नगर, तिमी भगवान् बन्न सक्छौ, बुद्ध बन्न सक्छौ भनेर पत्याउनेवाला थिएन ।
संसारको मोजमस्ती, भोग, परिवार, सुखसयल, लोभीपापी, अपेक्षा आकांक्षा, स्व-घोषित प्रतिष्ठा, सम्मान छोडेर, भगवान् हुन, बुद्ध बन्न कसलाई मन हुन्छ ? भगवान् अर्थात् भगवत्तामा उपलब्ध चेतना, बुद्ध अर्थात् बुद्धत्वमा उपलब्ध सर्वोच्च चेतना । तृष्णा-रहित जीवनमा उपलब्ध हुनु भगवत्ता हो, भगवत्ता अर्थात् भगवान व्यक्तिको गुणवत्ता हो भन्ने कुरालाई बोध गर्ने अभ्यास गरेन या त तृष्णा-रहित हुन असम्भव ठान्यो र ऊ भगवान् बन्न या बुद्धत्वको बोध गर्नबाट बन्चित भयो, भइरहेछ ।
संसार छोड्न व्यक्तिलाई डर हुन्छ त्यसैले ऊ बुद्ध, न त भगवान् बन्न सक्छु भन्ने खुबी पनि राख्छ न त इच्छा नै । संसारमा जे पनि उपलब्ध छ, जे गर्न पनि छुट छ । अनेक किसिमका विचारधारा, अनेक मार्ग, धेरै रोजाईहरू उपलब्ध छन् । भगवत्तामा उपलब्ध भएपछि त यी सब कुराहरू आपसे आप छुट्दै जान्छन् । त्यसैले व्यक्ति यी सांसारिक कुरा छोड्न चाहँदैन ।
ओशोका आलोचकहरुले सामान्यतया उनका यौन सम्बन्धी प्रवचनहरुकै आधारमा मात्र उनको आलोचना गर्छन्, त्यो पनि पढेर मात्रै आलोचना गर्ने कति छन् भन्न सकिन्न। खासमा ओशोले खुल्ला यौन-सम्बन्धको पक्षमा भन्दा पनि यौन मानवसमाजमा कुण्ठितनै रहिरहन्छ, त्यसैले यसको स्विकार र यसको महत्व, यसको शक्तिको सही उपयोगनै मानवताको हितमा छ भन्ने दर्शाउन खोजेका छन्। उज्यालोमा ‘महात्मा’ बनेर यौनका बारेमा अरुलाई निषेधात्मक उपदेश दिँदै हिँड्ने तर ओल्टोकोल्टो पर्नासाथ आफैं त्यसमै लिप्त हुने साधु- सन्त- बाबाहरु र तिनैलाई पूज्ने समाजलाई यस्तो खुल्लापन मन नपर्नु स्वाभाविक हो। ओशोका आलोचकहरु उनले यौनबाहेक मानवजीवनसंग सम्बन्धित लगभग सबैजसो अरु विषयमा पनि बोलेका छन् र गहन अन्तर्दृष्टि दिएका छन् भन्ने कुरालाई चटक्कै बिर्सिदिन्छन्।
ओशो भन्नू हुन्छ, “मनलाई मालिक हुन नदेऊ । मन त्याग र परिवारमै बसेर घरलाई मन्दिर बनाऊ । घरमै तपस्या गर । साधना र तपस्याले वेचैन मन विस्तारै तिरोहित हुन थाल्दछ र जीवन आनन्दमय बन्दछ । जीवनमा आनन्द भएपछि नै जीवनको उत्सव मनाउन सकिन्छ । आनन्दले रहन सकिन्छ । संसारमा नै बस तर संसारिक नबन । संसारिक मोहले मन नबाँध ।”
ओशो संन्यासीले घरवार, सम्बन्ध र भौतिकता त्याग्दैनन् । भौतिकतामै रहेर कर्म गर्दछन् र कर्मलाई पूजा ठान्दछन् । हरेक पल हरेक दिन परमात्माको देन हो भन्ने बोध गरेर परमतत्त्वप्रति अनुग्रहले भरिँदै आफैंलाई बदल्ने कोसिस गर्छन् । भौतिक जीवनका आँखाले अनेक दृश्य देख्छ तर ओशो संन्यासी मनको संसारभित्र प्रवेश गर्छन् । भौतिकतामै रहेर मन नियन्त्रण गर्ने अभ्यास गर्दै बुद्धत्वको यात्रामा हिँड्नु निकै ठूलो चुनौती हो ।
ओशो भन्नू हुन्छ, “संन्यास सत्य पाउने महत्वाकांक्षा होइन, महत्वकाङ्क्षाको त्याग हो । मोक्ष पाउने चाहना होइन, सारा चाहनाका व्यर्थताको साक्षी भावले हेर्नु हो ।”ओशोका अनुसार संन्यासको अर्थ वैराग्य होइन । जीवन विरोध होइन । संन्यासको अर्थ हो, जीवन `अहोभाव´ले ज्युनु । प्रभुको अनुकम्पाले मात्रै मानिस, मानिस भएर ज्युन सक्छ त्यसैले परमात्माप्रति आभार प्रकट गर्दै उदासिनताले होइन प्रफुल्लताले ज्युनु हो ।जीवनमा फैलिनु , गहिरिनु हो । निचोरिनु र खुन्चिनु होइन । घरपरिवार र जिम्मेवारी त्यागेर, मागेर खानु संन्यास होइन । सन्यासी त त्यो हो जो भौतिकतामै रहेर पनि साक्षीभावले परमात्माले दिएका सबैखाले उतारचढाव सुखदुःख सहेर अघि बड्छ । जीवन र दायित्वबाट नभागी परम सत्यको खोजीमा सारा इच्छा आकाङ्क्षा व्यर्थ र अनित्य हुन् भन्ने बुझेर साक्षीभावले हेर्दै अघि बढ्नु ओशो संन्यास मान्यता हो ।
ध्यान गर्ने वा त्यसभन्दा ‘माथि’का कुरालाई अलि टाढै राखेर सोच्दा पनि ओशोको वचनहरू सुन्न थालेपछी मेरो दृष्टिकोणमा ब्यापक रुपमा सकारात्मक परीवर्तन आएको जस्तो लाग्छ मलाई। मेरो यो अनुभव नितान्त भ्रममात्रै पनि हुनसक्छ, म स्विकार गर्छु तर यी सबैबाहेक पनि ओशोका प्रवचन-संग्रहहरुले मेरो सामान्य ज्ञानको स्तरलाई पनि धेरै माथि उठाईदिएको भने भ्रम होईन। पूर्वीय दर्शनको महत्वलाई पनि उनैबाट बुझेको हुँ मैले।
‘जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जुन मानिस जिउने कला जान्दछ, जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यस मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो ? उसलाई त जीवन नै पर्याप्त हुनेछ ।जो सत्यको खोजीमा निस्केको छ, उसले पण्डित्यलाई त तहसनहस पार्नैपर्छ । पण्डितले जे जानेका छन्, त्यो फोहोर मात्र हो, किनभने जबसम्म स्वयम्लाई जानिँदैन, तबसम्म जे जानिएको छ, त्यो फोहोर नै हो । स्वयम्को साक्षात्लाई विश्वास गर्नू, उसैमाथि श्रद्धा राख्नू । त्यसकै अथक् खोज गर्नू । खनी राख्नू, खनिराख्नू ।
त्यतिञ्जेलसम्म खनिराख्नू, जबसम्म आफ्नै जीवनको जलस्रोत फेला पर्दैन ।ओशो कुनै छुट्टै धर्म होइन न त हो कुनै सम्प्रदाय । ओशोको धर्म केवल `प्रेम´ को धर्म हो । प्रेम अर्थात `उत्सव´ । ओशोले भन्नुभएकोछ ” मेरो धर्म `उत्सव´ हो र गोत्र `आनन्द´ यसको अर्थ हो हरेक पललाई प्रेम गरौँ । उत्सवमय बनाऔँ र आनन्दमय बनौँ । र मलाई लाग्छ, हामी प्रत्येक मानिसले अन्त्यतह खोजेको पनि प्रेम ,उत्सव र आनन्द नै हो ।
धर्मको विकासको इतिहास ज्यादै लामो छ । हिन्दु शव्द हिन्दु–आर्य/संस्कृति मूल सिन्धुबाट आएको हो, जसलाई भारतिय उपमहाद्धीपको उत्तरपश्चिमी भागमा रहेको सिन्धु नदीको नाम मानिन्छ । संस्कृतमा, सनातन धर्मले लगभग “अनन्त कानून” वा कम शाव्दिक रुपमा “अनन्त मार्ग” भनिन्छ । पालि भाषामा समकक्ष शव्द धम्मो सनातनो हो । नेपाली भाषामा संस्कृत तत्सम शव्दलाई “कानून” अर्थात् धर्मलाई निष्ठाको रुपमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा कुनै पनि सामान्य, केन्द्रिय सिद्धान्त छैन जुन सवै हिन्दु परम्पराहरुको लागि आधिकारीक हो, र धरै हिन्दुहरुले आफुलाई कुनैपनि विशेष परम्परासँग सम्बन्धित ठान्दैनन् । तथापि, विद्धानहरुले आधुनिक हिन्दु धर्ममा चार मुख्य दिशाहरु छुट्याएका छन्ः शैव (शिव),वैष्णव (विष्णु),शाक्त (देवी),स्मार्त (पाँच देवतालाई समान)
आदिम समाजमा उत्पन्न भएको धर्म प्रारम्भमा गणसमाजमा गणचिन्हवाद, जीवात्मवाद तथा देवताहरु मान्ने चलन चलाएपश्चात बहुलदेवतावाद (३३ कोटी देवता भनेर स्थापित गरिएको पाइन्छ ) का रुपमा र त्यसपछि एकेश्वरवादका रुपमा विकास भएको पाइन्छ । पहिले पृथ्वी चेप्टो भन्ने मान्यता थियो, तर प्रमाणले गोलो भन्यो। एउटा सत्य खारेज भयो, अर्को सत्य आयो। पहिले सूर्यले पृथ्वीको परिक्रम गर्छ भनिन्थ्यो, पछि पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तर्क बलियो ठहरियो। तर्क र अन्वेषणको कसीमा साबित भएपछि मात्रै सत्य स्थापित हुन्छ। १८५१ इस्वीमा यसरी सेक्युलरिजमको अवधारणा आयो। यताचाहिँ हामी धर्म आधारित छुने नछुने, पानी चल्ने, नचल्ने, जातबाट च्युत गर्न मिल्ने, दास बनाउन मिल्ने, नमिल्नेमा श्रेणी बनाउँदै थियौँ।
केही मानिसहरू धर्म र साम्यवादलाई विपरीत ध्रुवका वस्तुका रूपमा व्याख्या गर्छन् । धर्ममा ईश्वर र स्वर्ग प्राप्तिको जुन कथा छ, साम्यवादमा पनि सबै मानिस समान हुन सक्ने वा बन्न सक्ने त्यस्तै कथा छ । केवल फरक यत्ति हो कि धर्ममा मरेपछि मात्र स्वर्ग वा ईश्वर प्राप्ति हुन्छ भने साम्यवादमा यही जुनीमा समसानता प्राप्त हुन्छ ।
१९औँ शताब्दीमा कार्ल मार्क्सका लागि साम्यवाद एक किसिमको धर्म नै हुन जान्छ, जुन रुसमा स्टालिनवादको रूपमा देखियो, चीनमा माओवादका रूपमा देखियो। उत्तर कोरियामा जुछे विचारको रूपमा देखियो। आखिर धर्म पनि एक विचारधारा नै हो। कुनै विचारधारामा प्रश्न उठाउन पाइँदैन भन्नासाथ त त्यो पवित्र हुन गयो, धर्म हुन गयो।धर्मनिन्दाको सट्टामा मार्क्सवादमा ‘वर्गसत्रु’ आयो। एक किसिममा यो आफैँमा धर्मको उत्पादन थियो। त्यसो हुँदा कार्ल मार्क्स धर्मको आलोचना मात्रै गर्छन्। लेनिन धर्मको विरोध गर्छन्, तर साम्यवाद नै धर्म हो र बाँकी वर्गसत्रु हुन् भन्ने मान्न भने उनी तयार छैनन्।
धर्म हमेशा अस्तित्वमा रहेको छैन। यसको जन्म समाज विकासको विशेष परिस्थिति र चरणमा भएको हो। प्रारम्भिक अवस्थामा मानिसले आगो, वर्षा, विजुली जस्ता प्राकृतिक घटनाहरूको बारेमा बुझ्न सकेको थिएन। आफ्नो अत्यन्त गरीबी र गहन अज्ञानको कारण ऊ प्रकृतिका शक्तिहरूबाट डराउँदथ्यो। यसको साथै यी घटनाहरूबाट ऊ चकित हुने गर्दथ्यो। सूर्योदय र सूर्यास्त, असंख्य ताराहरूले भरिएको आकाश, आकाशमा लगातार चम्किरहेको विजुली र त्यसको आवाज, बादलहरूको गडगडाहट, कहिले घाम चर्किनु र कहिले छायाँ अनि ठण्डी, इत्यादि अनेकौं घटनाहरूले उसलाई प्रभावित गरिरहन्थे। कहिले ऊ चकित हुन्थ्यो त कहिले डराउँथ्यो; कहिले आनन्दित हुन्थ्यो त कहिले दुःखी हुन्थ्यो। उसलाई डरले धेरै सताउँदथ्यो। ऊ स्वयं आफ्नो र आफ्नो समूहका आवश्यकताहरू पूरा गर्न तथा स्वयंलाई सुखी राख्नको लागि प्रयासहरूमा लागिरहन्थ्यो।
यी घटनाहरूलाई नबुझ्नु र चकित हुनु तथा डराउनुको कारणले मानिसको धारणा के बन्दै गयो भने यी अचम्मका घटनाहरूको पछाडि कुनै न कुनै शक्तिले काम गरेको हुनुपर्दछ।मानिस प्रकृतिबाट अलग अवयव हो र प्राकृतिक शक्तिहरूले उसमाथि असल र खराब प्रभाव पार्दछन्, यस्ता धारणाहरू विकसित हुनलागे। त्यसकारण यी बलवान शक्तिहरूको आराधना गरी उनीहरूको रिस कम गर्ने जस्ता बुझाइ मानिसमा पैदा हुनलागे। मानिसले प्रकृतिलाई अलौकिक शक्ति प्रदान गर्न लाग्यो। ऊ के बुझ्न लाग्यो भने पशु वा मानिसको वलि दिएपछि यी भयंकर प्राकृतिक शक्तिहरू शान्त हुनेछन्, प्रार्थना गरेपछि शान्त हुनेछन्, यज्ञादि गरेपछि वशमा आउनेछन्।
यस्तै बुझाइको कारण धर्मको उदय भयो। मानिसले इन्द्र, वरूण, सूर्य, अग्नि र आकाश यी पाँच महाभूतहरूको पूजा गर्नलाग्यो। प्रारम्भमा यिनीहरूको पछाडि यही संसारमा फाइदा हासिल गर्ने विचार गरिरहेका थिए। यसको अर्थ के भयो भने प्रकृति-धर्मको संसारमा विचरण गर्ने व्यक्ति अझै भौतिकवादी नै थियो। आफ्नो जीवनको सुख-सुरक्षाको लागि उसले अन्न, सुरक्षा जस्ता कुराहरूको प्रार्थना गर्नलाग्यो। उसले इच्छाअनुसार वस्तुहरू प्राप्त होस्, अनिष्टबाट बचोस् भनेर कामना गर्नलाग्यो। उसले इन्द्र तथा अन्य देवी-देवताहरूको पूजा-आराधना गर्न लाग्यो र यसको लागि यज्ञ, इत्यादिको तरीका अपनाउन लाग्यो। उसको बुझाइ के थियो भने यज्ञमा दिइएको आहूति ती देवी-देवताहरूलाई प्राप्त हुनेछन र उनीहरू प्रशन्न हुनेछन्। विशिष्ट प्रकारका यज्ञ गर्दा, विशिष्ट आहूति दिँदा उनीहरू अझ खुशी हुनेछन्। त्यसपछि हामीलाई अनाज, आदि प्राप्त हुनेछन्, यसप्रकारको भावना पैदा हुनलाग्यो। र, यदि यसो गरिएन भने ती शक्तिहरू बेखुशी हुनेछन्।
यो विचार-प्रक्रिया पूर्णतः भौतिकवादी थियो। हो, यो अलग कुरा हो कि तिनीहरूले तर्कबद्ध दर्शनको रूप अझै लिन सकेको थिएनन्। आदिम समाजको मानिसले आकाशतिर स्वर्ग खोज्नको लागि होइन वा देवताको पूजा गर्नको लागि होइन, बरू बादल कहिले आउनेछ र वर्षा कहिले हुनेछ भनेर हेर्दथ्यो। उसले आगोको खोजी त्यसको पूजा गर्नको लागि होइन, बरू त्यसको सहाराले आफ्नो भौतिक जीवन राम्रो बनाउनको लागि गर्यो । तर बलि दिने, प्रार्थना गर्ने र यज्ञ गरेपछि धार्मिक विश्वासको उदय भयो। मानिस प्राकृतिक शक्तिहरूबाट अनजान थियो। उसले तिनीहरूलाई वशमा ल्याउनको लागि पूजा गर्ने गर्दथ्यो। यी पूजा-पाठ, इत्यादि कार्यहरूको फलस्वरूप ऊ धर्मप्रति श्रद्धालु बन्नगयो। त्यसपछि भौतिकवादी दृष्टिको स्थान धार्मिक श्रद्धाले लियो। विधिवत पूजा-पाठ, इत्यादिको लागि रीति-रिवाज तयार भए। पूरोहित पैदा भए, जादू-टुनामुना गर्न लागियो। देवी-देवताहरूको संख्या वृद्धि हुनलाग्यो।
पूरोहित वर्ग अस्तित्वमा आउने वित्तिकै उसले आफ्नो प्रभुत्व कायम गर्न शुरू गर्यो। समाजमा उसकैका अनुसार परिवर्तन हुनलाग्यो। चारवर्णीय व्यवस्थाको शुरू हुनलाग्यो। अध्ययन, पढ्ने, धार्मिक अनुष्ठान, इत्यादि ब्राम्हणहरूको काम; लडाइँ र राज्यहरूको संरक्षण क्षेत्रीहरूको र खेतीपातीको काम वैश्यहरू गर्नलागे। यसरी तीन वर्ग पैदा भए। पूर्वीय समाजमा आर्यहरूभन्दा पहिले अस्तित्वमान समूहहरू र लडाइँमा पराजित मानिसहरूलाई शुद्र वर्गमा बदलियो। उनीहरूलाई दास बनाइयो। उनीहरूले माथिका तीन वर्गहरूको सेवा गर्नुपर्यो। आदिम अवस्थामा अति पिछडिएका दास अतिशुद्र मानिए। ऋग्वेदमा यही वर्णाधारित समाजको वर्णन छ।
ब्राम्हणहरूको अधिकार स्थायी बनाउनको लागि पूरोहितहरूले जन्मको आधारमा वर्ण-व्यवस्था खडा गरे। यो व्यवस्था श्रममा आधारित नभएर जन्ममा आधारित थियो। त्यसलाई उचित ठहराउनको लागि पाप-पुण्य, उच्च-निच, इत्यादि सिद्धान्तको रचना गरियो। त्यसमध्येबाट जातिहरूको उच्च-निच एमव् संघर्षको स्थिति कामय गरियो।
समाजमा शोषक र शोषित वर्ग पैदा भए। कुनै पनि वर्गीय समाजको सत्ता केवल दण्डनीतिबाट चल्न सक्दैनथ्यो। शोषितहरूलाई दिग्भ्रमित गर्नु पनि त्यति नै आवश्यक थियो। यसको लागि तर्क जुटाइयो। व्यासकृत भागवत गीतासहित महाभारतको रचनाको यही उद्देश्य थियो। भागवत गीताले चार वर्णीय सत्ता व्यवस्थाको धार्मिक-सांस्कृतिक पुष्टि गर्यो। भागवतगीता, मनुस्मृति, इत्यादि ग्रन्थहरूको माध्यमबाट चार वर्णीय प्रणालीको समर्थनमा तर्क जुटाइयो र त्यसलाई दैवी स्वरूप प्रदान गरियो। मानव जीवनमा धार्मिक अन्धभक्ति हावी हुनलाग्यो। यसको प्रभाव हामी आज पनि देखिरहेका छौं।
धर्मान्धताको कारणले मानिसको मानवता र सोच्ने शक्ति लुप्त हुन्छ। मानिसमा धर्म र ईश्वरको जबर्जस्त पक्कड हुने कारणले निस्क्रियतामा वृद्धि हुन्छ। धर्मको आधार आध्यात्मिक विचार हो। रहस्यमय विश्वास धर्मको केन्द्रबिन्दु हो। समाज विकासको विशेष चरणमा प्रकृतिप्रति अज्ञानताको कारणले नै धर्म-आध्यात्मले मानव मस्तिष्कमा आफ्नो पक्कड बलियो बनाएको हो।
पूर्वीय परम्परामा प्राचीन कालमा न्याय-वैशेषिकहरूले भौतिकवादी विचार पेश गरेका थिए। उनीहरूले ब्रम्हाण्डको आरम्भबिन्दु भौतिक अणु हो भन्ने कुरा प्रचारित गरेका थिए। तर उनीहरूले आध्यात्मवादीहरूका सबै प्रश्नहरूको उत्तर दिन सकेनन्। अन्ततः उनीहरूले पनि ईश्वरलाई स्वीकारे। सांख्य दर्शनको मूल आधार आध्यात्मवादी नभएर भौतिकवादी थियो। वेदान्तसँग संघर्षको क्रममा उनीहरूले पनि ईश्वरवाद-आध्यात्मवादलाई स्वीकारे। बौद्ध र जैन अनिश्वरवादी थिए। बौद्ध मतअनुसार परलोकको कुनै महत्त्व थिएन। पछि उनीहरूले पनि पुनर्जन्म, मोक्ष, आदि स्वीकार गरे। जैनहरूले अन्तिममा आत्मालाई माने।
यी सम्पूर्ण भौतिकवादी विचारहरूलाई आध्यात्मिक परिकल्पनाहरूमा विजय पाउनमा सफलता प्राप्त भएन। ईश्वर, धर्म, आध्यात्मको पटक-पटक स्थापना भयो। आम मानिसहरूमा धर्मको पक्कड कमजोर भएन।मात्र चार्वाक र लोकायतवादी नै यसका अपवाद थिए। लोकायतवादीले धर्मलाई मान्दैनथे। उनीहरू अनिश्वरवादी थीए। यति मात्र होइन, उनीहरू पूर्ण रूपले भौतिकवादी थिए। उनीहरूले धर्मका महारथीहरूसँग सम्झौता गरेनन्। त्यसकारण आध्यात्मवादीहरूले उनीहरूको सबभन्दा बढी निन्दा र आलोचना गरे। यहाँसम्मक उनीहरूका रचनाहरू पनि नष्ट गरिदिए। आज चार्वाक-लोकायत विचार स्वयं उनीहरूका शब्दमा उपलब्ध छैन। उनीहरूका विचारहरू उनीहरूका विरोधीहरूद्वारा गरिएका टीका-टिप्पणीहरूको आधारमा उलब्ध हुन्छ।
यसरी जुन अलग विचार पेश गरिए ती धर्मको विरोधमा होइन, बरू धार्मिक सुधारहरूको रूपमा गरियो। पश्चिमी देशहरूमा जस्तो पूर्वी देशहरूमा धर्मविरोधी संघर्ष भएनन्। मतभेद वैचारिक संघर्षहरूसम्म सीमित रहे। त्यसकारण धार्मिक भावना कायमै रह्यो। यसको अतिरिक्त त्यस जमानामा ज्ञान आर्जनको अधिकार मात्र ब्राम्हणहरूलाई थियो। ज्ञानभण्डारमा पनि उनीहरूको एकाधिकार थियो। त्यसकारण अलग विचार भएका मानिस ब्राम्हण नै थिए, जो ब्राम्हणहरूको प्रभुत्वलाई चुनौती दिन सक्दैनथे। ईश्वर, आत्मा, इत्यादिको प्रमाणको कहिलेकाहीँ कुरा आउँदा पूरोहितले एउटै कुरा पटक-पटक भन्थे – “धर्मग्रन्थ वा ईश्वर-समान वेदहरूमा विश्वास नै अमरत्व प्रमाणित गर्नको लागि पर्याप्त छ।”
अन्य स्थानहरूमा पनि यही भयो। महान विद्वान रूसोले भनेका छन् “ईश्वर र अमरत्वको वास्तविकता एकान्तमा बसेर मानिसको हृदयमा सावित हुन्छ, बुद्धिबाट होइन।” धर्मको प्रमाण हृदय हो। धर्मग्रन्थहरूको रचना पनि मानव हृदयबाट भएको हो। धर्मप्रति भक्तिको लागि मानव-हृदय शुद्ध हुनुपर्दछ। शुद्ध मानव-हृदयको अर्थ हो । अहंकारहीन, काम, क्रोध, इत्यादि मनोविकारहरूबाट मुक्त हृदय। रूसोको सिद्धान्तलाई प्राकृतिक धर्मको सिद्धान्त भनिन्छ।अन्धश्रद्धा नै धर्मको आधार हुन्छ। निरन्तर भयग्रस्त मानिसले के सोच्छ भने यो जन्ममा भएन भने पनि कम्तीमा अर्को जन्ममा त अवश्य सुख प्राप्ति हुनेछ।
शोषक र शोषितहरूमा विभाजित समाजमा शोषक वर्गको सिद्धान्तले धार्मिक मान्यताहरूलाई बलियो बनाउने शिक्षा दिन्छ। यस्तो समाजमा धर्मले मानिसलाई के सिकाउँछ भने भगवानको इच्छाले नै सबै कुरा हुन्छ। त्यसकारण तिमीले भक्तिभावले भगवानको पूजा गर्यौं भने संकट आफै हट्नेछ। धर्मले शान्ति कायम राख्न सिकाउँदछ। जे छ त्यसैमा सन्तुष्ट होउ। भगवानको भक्ति गर । शोषक वर्गको विरूद्ध विद्रोह नगर। भगवानमा पूरा भरोसा राख। उसले अवश्य न्याय दिनेछ। यसरी लगातार शोषितहरूको दिमाग धुने काम गरिन्छ।
जब प्रमुख, प्रभावशाली र सुसंस्कृत सत्ताधारी गुटको प्रभुत्व कायम हुन्छ, तब त्यही गुटको धार्मिक सम्प्रदायको प्रभाव पनि हावी हुन्छ। असहाय परिस्थितियुक्त समुदाय यो स्थिति मान्नको लागि विवश हुन्छन् ।सामन्तवादी युगमा मानिस मरून वा बाँचुन् तर मालिक नमरोस् भन्ने सिद्धान्त सर्वव्यापी थियो। राजा भगवानको अंश हो र उसले कहिल्यै गल्ती गर्दैन भन्ने सिकाइ आम मानिसहरूमा भरिएको थियो। धर्मलाई राजाको संरक्षण मिल्यो। राज्यसत्ता सँगसँगै धर्मसत्ता पनि कायम भयो।
साधारण जनता आफ्ना आधारभूत आवश्यकताहरूको लागि संघर्षरत रहन्छन्। उनीहरूको जीवन दैनिक भौतिक आवश्यकताहरूसँग जोडिएको हुन्छ। उनीहरू असल जीवनको लागि संघर्ष गर्दछन्। तर नयाँ समाज आउँदा पनि जनता सुखबाट वंचित नै हुन्छन्। पूँजीवादी समाजसम्म उनीहरूको दासता आवश्यक नै हुन्छ। जीवनको अनिश्चितता समाप्त हुँदैन। अनपेक्षित संकटको डर खत्तम हुँदैन र धार्मिक अन्धविश्वासको शिकंजा कमजोर हुँदैन।
विगत ५०-६० वर्षको क्रममा विज्ञान र प्रविधिको क्षेत्रमा भारी विकास भएको छ। उत्पादनमा प्रविधिको प्रयोग असाधारण रूपले बढेको छ। मानिसको शक्ति र भौतिक साधनहरूको आधिकारिक प्रयोग गर्नको लागि ज्ञानको तर्कबद्ध प्रयोग आवश्यक हुन्छ र यही नै नयाँ प्रविधिको प्रयोग हो। उत्पादन, सेवा, इतर क्षेत्रहरू, प्रचारप्रसार माध्यमबाट प्रयुक्त ज्ञान नै सूचना क्रान्तिको आधार बन्छ। भोक, बेरोजगारी, अशिक्षा, इत्यादि समस्याहरूलाई जरैदेखि उखेलेर फ्यांक्न र गरीबी जस्ता समस्याहरूलाई सदैवको लागि हटाउने सपना देख्ने कुरा यो वैज्ञानिक-प्राविधिक क्रान्तिको परिणामस्वरूप धेरै संभव छ। यो क्रान्तिको प्रयोगबाट सम्पूर्ण विश्वका मानिसहरूको जीवन धेरै सुखी हुन सक्दछ।
तर आज यसको प्रयोग युद्धका सामान र हतियारहरूको उत्पादनमा अति धेरै भइरहेको छ। शोध र विकासको काम बढीभन्दा बढी यही दिशामा भइरहेको थियो। आज कैयौं मानिसहरू गरीब छन्, अशिक्षित छन्, रोगले मरिरहेका छन्। तर विनाशक हतियार निर्माण र खरिदमा करौडौं खर्च गरिरहिएको छ। युद्धोन्माद बढिरहेको छ। मानिसहरूको असुरक्षा बढिरहेको छ। मानिस डरको छायाँमा बाँचिरहेका छन् र डरले ग्रसित मानिस धर्मको शरणमा गइरहेका छन्।
अर्को कुरा पूँजीवादी विकसित देशहरूले प्रविधिको प्रयोग विकाशशील र अविकसित देशहरूलाई लुट्नको लागि गरिरहेका छन्। वर्तमान परिस्थितिमा नयाँ प्रविधिको प्रयोगले राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूको बाढी आएको छ। बेरोजगारी र उत्पीडन बढेको छ। विकसित र अविकसित देशहरूको बीचमा अन्तर तीव्र रूपमा बढिरहेको छ। श्रमिकहरूले यसको विरूद्ध आवाज उठाइरहेका छन् र संघर्ष गरिरहेका छन्। तर पनि मानिस धार्मिक अन्धविश्वासको शिकार भइरहेका छन्। विश्वभरमा धनमा असाधारण रूपले वृद्धि भएको छ तर त्यसको फाइदा पीडित जनतालाई मिलेको छैन। त्यसकारण साधारण मानिस आश्वस्त भएर जीवन व्यतीत गर्न पाइरहेका छैनन्।
मानव समाजको प्रारम्भिक कालमा प्रकृतिमा विजय प्राप्त गर्ने साधन थिएनन् वा अधुरा थिए। आज पनि विज्ञानको युगमा साधनहरूको विकास अधुरै छ। भूकम्प, ज्वालामुखी, अतिवृष्टि, अनावृष्टि, बाढी-पहिरो, इत्यादि संकटहरूमाथि नियन्त्रण पाउन कठिन भइरहेको छ। यति मात्र होइन; स्वास्थ्य, शिक्षा, रोजगारी, कानून व्यवस्था जस्ता समस्याहरूको कुनै विश्वासयोग्य समाधान देखिंदैन। त्यसकारण मानवको मन हमेशा अनिश्चितताहरूमा डुब्दै-उत्रिदै रहेको हुन्छ। परिणामस्वरूप मानव मनमा एक डर जस्तै समस्या रहन्छ। यसले नै धर्मको लागि अनुकूल वातावरण निर्माण गर्दछ। धर्मको संरचना उच्चवर्गीय धनी सत्ताकारी वर्गको सोचबुझका तरीकाहरुबाट तयार हुन्छ। उसले सुखको केवल भ्रामक मृगतृण्णा तयार गर्दछ। यो कुरा सर्वसाधारण मानिसले भुल्दछ। ऊ देवताहरूतिर दौडिन्छ। यसरी आधुनिक विश्वमा पनि धर्मको शिकंजा कायमै रहेको छ।
कार्ल मार्क्स (१८१८-८३), फ्रेडरिख एंगेल्स (१८२०-९५) र लेनिन (१८७०-१९२४) ले विभिन्न समयमा र अलग-अलग सन्दर्भहरूमा धर्मको बारेमा विस्तारपूर्वक विचार व्यक्त गरेका छन्।‘धर्म जनताको अफिम हो’ मार्क्सको यो वाक्य सुप्रसिद्ध छ। जहाँ मार्क्सको यो उद्दरणको प्रशंसा गरिएको छ, त्यहाँ उनका विरोधीहरूले यसको तीव्र आलोचना पनि गरेका छन्। त्यसकारण यसलाई पूर्ण रूपले उचित सन्दर्भमा हेर्नु आवश्यक हुन्छ।
मार्क्सले यी शब्द १८४३-१८४४ मा आफ्नो लेख “कन्ट्रिब्यूसन टू द क्रिटिक अफ हेगेल्स फिलोसपी” मा लेखेका थिए। सम्पूर्ण उद्दरण यसप्रकार छ – “धार्मिक कष्टले भरिएका उद्गार मानिसको वास्तविक दुःखले भरिएको जीवनको व्यक्त रूप पनि हो र साथै त्यसको माध्यमबाट उसको विरोध पनि। धर्म पीडित, दुःखी मानवको दुःख हो, त्यो हृदयहीन जगतको हृदय आत्महीन परिस्थितिहरूको आत्मा हो। त्यो जनताको अफिम हो।”
“धर्म मानिसको भ्रामक सुख हो। त्यसको अन्त हुनु आवश्यक छ। जुन समाज-व्यवस्थामा धर्म जस्ता भ्रमहरूको मानिसलाई आवश्यकता पर्दछ, त्यसलाई नष्ट गर्ने कुराको माग गर्नुको अर्थ यस्ता परिस्थितिको अन्तको माग गर्नु हो, जसले यी भ्रमहरूलाई जन्म दिन्छ। धर्मको आलोचनाको अर्थ ती कारणहरूको आलोचना हो, जसले आँसुहरूलाई जन्म दिन्छ, किनभने धर्मले यी परिस्थिति वरिपरि एक पर्दाको काम गर्दछ।”
“धर्मको आलोचनाले मानिसलाई भ्रमबाट मुक्त गर्दछ। भ्रमबाट मुक्त भएर मानिस सोच्न विवश हुन्छ। आफ्नो वरिपरिका परिस्थिति र कार्यहरूमाथि विचार गर्दै वास्तविकता बुझ्न लाग्दछ। ऊ सच्चा स्वरूप धारण गर्न लाग्दछ। मानवीय अस्तित्वलाई नै उसले केन्द्र मान्दछ। धर्म वास्तवमा भ्रममूलक सूर्य हो। जबसम्म मानिस स्वयंलाई केन्द्र मानेर आफ्नो चारैतिर घुम्दैन, ऊ आफ्नो कल्पनाको धार्मिक सूर्यको चारैतिर घुमिरहन्छ।”
“इतिहासको सामु धेरै ठूलो जिम्मेवारी सत्यभन्दा पर जगत लुप्त भएपछि यो विश्वको वास्तविकतालाई प्रतिष्ठापित गर्नु हो। दर्शनको गतिशील कर्तव्य इतिहासको सेवामा रहेको मानव आत्मवंचनाको स्वरूप लुप्त भएपछि ऐतिहासिक स्वरूपहरूको आलोचना गर्नु हो। यसप्रकार स्वर्गको खण्डन भौतिक अस्तित्वको खण्डनमा बदलिन्छ, धर्मको आलोचना मानवरचित नियमहरूको आलोचनामा तथा धर्मशास्त्रीय आलोचना राजनीतिक आलोचनामा बदलिन्छ।”
मार्क्सले धर्म र समाजका भौतिक परिस्थितिहरूका परस्पर सम्बन्धहरूलाई स्पष्ट पारे। मार्क्सका अनुसार मानिसको लौकिक जीवन र उसको अन्तर्विरोध र विभेदलाई बुझ्ने हो भने तीमाथि क्रान्तिको तरीकाबाट विजय पाउन सकिन्छ। धार्मिक भावनाहरूको उदय सामाजिक जीवनमा असह्य विषाद (उदासीनता) बाट हुन्छ। जस्तो कि त्यसको उदय मानिसको मनभित्र जसरी हुँदैन, त्यसरी नै सामाजिक जीवन बाहिर पनि हुँदेन। मार्क्सका अनुसार धार्मिक विश्व वा धार्मिक भावनाबाट जनित विश्व लौकिक जगतकै परिवर्तित रूप हो।
परिस्थितिको वशमा रहेको मानिस लगातार सुखको खोजमा रहन्छ : यदि यो जन्ममा भएन भने पनि अर्को जन्ममा नै ठीक ! र, यसैको लागि ऊ “भगवान” सँग प्रार्थना गरिरहन्छ। यो भ्रमबाट उसलाई छुटकारा दिलाउनको लागि यही जन्ममा सुखको केही व्यवस्था गर्नु जरूरी हुन्छ। यसको लागि समाजमा मूलभूत परिवर्तन गरिनुपर्दछ। त्यसपछि मात्र ईश्वर एवम् धर्ममाथि उसको विवश निर्भरता हट्नेछ।
मानिसलाई यो असह्य परिस्थितिबाट बाहिर निकाल्न र नयाँ समाज बनाउनको लागि उसलाई तयार गर्ने मार्क्सको उद्दश्य थियो। यस सम्बन्धमा उनले भने : “दार्शनिकहरूले अहिलेसम्म विश्वको व्याख्या गरेका छन्; अब समय त्यसलाई बदल्ने हो।”आफ्नो रचना ड्यूहरिङ्ग मत-खण्डनमा एंगेल्सले धर्मको विषयमा निम्नलिखित प्रस्तावना पेश गरेका छन् – “कुनै पनि धर्म अरू केही होइन, मानिसहरूको दैनिक जीवनमाथि नियन्त्रण राख्ने बाहिरी शक्तिको मानिसमा रहस्यमय प्रतिबिम्बद्वारा नियन्त्रण हो। यो प्रतिबिम्बमा लौकिक शक्तिले पारलौकिक शक्तिको रूप धारण गर्दछ।” एंगेल्सले आत्मा र अमरत्वको चर्चा पनि गरेका छन्।
‘लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त’ नामक आफ्नो रचनामा एंगेल्सले लेखेका छन् – प्रारम्भिक कालमा जब मानिस आफ्नो शारीरिक रचनाको बारेमा बिल्कुल अज्ञानी थियो, तब भूतको बारेमा सपना देखेर मानिस सोच्दथ्यो। इन्द्रिजन्य ज्ञान र संवेदनाहरू शरीरको कार्यप्रणालीका हिस्सा थिएनन्। उनीहरू के ठान्थे भने शरीरमा बस्ने अलग आत्माले मृत्युको बेला शरीर छोड्दछ, त्यो संवेदनशील छ। मानिसले त्यसबेलादेखि आत्मा र बाह्य जगतको बारेमा सोच्न लाग्यो; उसले सोच्न लाग्यो – यदि मरेपछि आत्माले शरीर छोड्दछ र अस्तित्वमा रहिरहन्छ भने त्यसको अलग्गै मृत्युको बारेमा विचार गर्ने आवश्यता छैन।
यसबाट अमरत्वको विचार पैदा भयो। त्यसबेला यसपकारका घटनाहरू समाधानरहित देखिन्थे र त्यसकारण विधिलिखित र दैवी थिए। यसकारण त्यससँग लड्नुको कुनै फाइदा देखिंदैनथ्यो। यूनानीहरू यी घटनालाई दुर्दैवी मान्ने गर्थे। मृत्युपछि आत्माको के गर्ने भन्ने बारेमा उनीहरूलाई केही ज्ञान भएन। त्यसकारण उनीहरूले व्यक्तिगत अमरत्वको कुरा गरे। ठीक यसरी नै मानवीय शक्तिलाई मानवीय तर दैवी, पारलौकिक स्वरूप प्रदान गरियो। जब देवी-देवताहरूको कल्पना गरियो, यो प्रथम अवसर थियो। त्यसपछि यी देवी-देवताहरूको लौकिक स्वरूप प्राप्त भयो र त्यसपछि विकासको निरन्तर प्रक्रियामा एकेश्वरवादको उदय भयो।
लेनिनले धर्म सम्बन्धी धेरै लेख लेखे। धर्मको बारेमा श्रमिकका विचारहरू सम्बन्धी लेखमा लेनिनले भने – “धर्म जनताको लागि अफिम जस्तै हो।” मार्क्सको यो प्रस्तावना धर्म सम्बन्धी समाजवादीहरूका विचारहरूको आधारस्तम्भ हो। श्रमिकहरूलाई अज्ञानको अन्धकारमा भड्किरहेको अवस्थामा छोडेर उत्पीडन उनीहरूको भाग्यरेखा हो भन्ने कुराको महसुस पटक-पटक गराउनु पूँजीपतिहरूको कार्वाहीको अभिन्न अंग हो। र, यी सबै धर्म र धार्मिक संस्थाहरू तथा आधुनिक धर्म, चर्च, मन्दिर, इत्यादि उनीहरूका यी गतिविधिहरूका साधन बन्दछन्। यो मार्क्सवादीहरूको दृढ मत हो।
अरूको लागि जीवनभर पिस्ने र गरीबी तथा कंगालीमा दिन बिताउने मानिसहरूको मन यसप्रकारको दमनकारी प्रक्रियामा पिसिएर किचिन्छ। चारैतिर जनताको यही स्थिति छ। उनीहरूको मनलाई निस्क्रिय बनाउने कुराहरूमा एक धर्म पनि हो। अन्यायको विरूद्धमा विद्रोह गर्नमा असमर्थ मानिसहरूलाई कम्तीमा मरेपछि त स्वर्ग प्राप्त हुनेछ, यस्तो सन्तोष हुन्छ। तर सारा जिन्दगी रगत सुकाउनेहरूलाई धर्मले के सिकाउँदछ ? जबसम्म यो लोकमा रहन्छौं, वैराग्यमा रहु, कुनै चीजको मतलब नराखीकन स्थितप्रज्ञ रहु। अरूको मद्दतमा जिउँदो रहनेहरूलाई धर्मले के सिकाउँदछ ? अरूको भ्रमलाई लुट्यौं त केही छैन, दान-धर्म गरिरहु, स्वर्गको ढोका आफै खुल्नेछ।
पूँजी, ड्यूहरिङ मत-खण्डन, इत्यादि रचनाहरूमा मार्क्स-एंगेल्सले धर्मका जराहरूलाई स्पष्ट पारेका छन्। उनीहरूले के दर्शाए भने मानव समाजको विकासको विल्कुल प्राथमिक चरणमा प्राकृतिक शक्तिहरूको अगाडि असहाय भएकोले धार्मिक विश्वासको जन्म हुन्छ। परस्पर विरोधी वर्गमाथि आधारित समाजमा उत्पीडन गर्ने वर्गको विरूद्धमा असहाय भएकोले मानिसहरूमा धार्मिक प्रवृत्तिहरू बढ्दछन्। के भ्रम फैल्याइन्छ भने यो जन्ममा यातनाहरू सहेको बदलामा अर्को जन्ममा सुख प्राप्ति हुनेछ।
मार्क्स-एंगेल्सले के कुरा स्पष्ट पारेका छन् भने रोमन साम्राज्यको विरूद्धमा दासहरूको विद्रोहको असफलता र राजाहरूद्वारा रगतमा डुबाइदिएपछि हताशा र निराशामा डुबेका मानिसहरूमा ईसाई धर्मको उदय भयो र तीव्र रूपमा फैलियो। ईसाई धर्मावलम्बीहरूको आन्दोलन शुरूमा दमित-उत्पीडित जनताको आन्दोलन थियो। मानव-प्रेम, समता र करूणा त्यसका आधार थिए। पछि धर्म विकसित भएर शोषक समाजको अंग बन्यो। त्यसको प्रयोग दमित, श्रमिकहरूलाई नशामा राख्नको लागि अफिम समान हुनलाग्यो, यो कुरा मार्क्स-एंगेल्सले स्पष्ट बनाए। उनीहरूले के पनि दर्शाए भने धर्मको सम्पूर्ण इतिहास तर्कबद्ध वैज्ञानिक इतिहासको विरोधको इतिहास हो।
शताब्दियौंसम्म चर्चले प्रतिक्रियावादी भूमिका निर्वाह गर्यो। त्यसकारण उसले नयाँ वैज्ञानिक खोजहरू र जनतान्त्रिक तथा समाजवादी आन्दोलनको विरोध गर्यो। तर वैज्ञानिक खोजहरूले धर्मलाई लगातार पछाडि धकेल्यो। त्यसकारण मार्क्स र एंगेल्सका अनुसार वैज्ञानिक र भौतिक प्रचार धर्मको विरूद्ध लड्ने एक महत्त्वपूर्ण हतियार हो। यसको अर्थ धर्मको विरूद्ध युद्धको घोषणा होइन। उनीहरूका अनुसार सर्वहारा वर्गको बीचमा भौतिकवादी र वैज्ञानिक विचारहरूले युक्त साहित्यको प्रचारप्रसार गरिनुपर्दछ। पूँजीवादी समाजमा धर्मको बदलिंदो स्थानको बारेमा पनि उनीहरूले विचार व्यक्त गरे।
पूँजीवादी विचारको उदयको समयमा धार्मिक प्रभावमा कमी आएको थियो र साथै पूँजीवादी व्यवस्थाले आवश्यक रूपले धर्मको विरोध गरिरहेको थियो। तर पछि गएर जब यो व्यवस्था स्थिर भयो, तब त्यसले धर्मलाई आफ्नो स्वार्थको लागि दुरूपयोग गर्न शुरू गर्यो। यी पक्षहरूमा मार्क्स, एंगेल्स र लेनिनले स्पष्ट विचार पेश गरेका छन्।
सन् १८४८ मा रचित कम्युनिष्ट घोषणापत्रमा मार्क्स-एंगेल्सले भनेका छन् – “जहाँ-जहाँ पूँजीपति वर्गले आफ्नो प्रभुत्व कायम गर्यो, त्यहाँ-त्यहाँ उसले सम्पूर्ण सामन्ती, पितृसत्तात्मक, ‘भद्र’ सम्बन्धहरूको अन्त गरिदियो। त्यसले मानिसलाई आफ्ना ‘स्वाभाविक श्रेष्ठहरू’ सँग बाँध्ने विभिन्न प्रकारका सामन्ती सम्बन्धहरूको निर्ममतापूर्वक धज्जी उडाइदियो र नग्न आत्मस्वार्थको, नगदपैसाको हृदयशून्य व्यवहार सिवाय मानिसको बीचमा अरू कुनै सम्बन्ध रहन दिएन। धर्मिक श्रद्धाको स्वर्गीय आनन्दलाई, वीरतापूर्ण उत्साह र कूपमण्डूकतापूर्ण भावुकतालाई उसले स्वार्थमय हिसाब-किताबको बरफिलो पानीमा डुबाइदियो।
मानिसको वैयक्तिक मूल्यलाई उसले विनिमय-मूल्यमा बदलिदियो। अनगिन्ती अक्षय प्रदत्त तथा उपार्जित स्वाधीनताहरूको स्थानमा उसले न्याय-अन्यायको परवाह नगर्ने अनैतिक स्वाधीनताको स्थापना गरेको छ, जसलाई स्वतन्त्र व्यापार भनिन्छ। संक्षेपमा धार्मिक एवम् राजनीतिक भ्रान्तिहरूको आवरण पछाडि लुकेको शोषणको ठाउँमा उसले नग्न, प्रत्यक्ष र पाशविक शोषणको स्थापना गरेको छ।”
“आजसम्म जुन पेशाको बारेमा मानिसहरूको मनमा आदर र श्रद्धाको भावना जाग्दथ्यो, तिनीहरूको सम्मान पूँजीपति वर्गले खोसेको छ। डाक्टर, वकिल, पूरोहित, कवि र वैज्ञानिक सबैलाई उसले तलबी मजदूर बनाएको छ।” ऐतिहासिक भौतिकवाद सम्बन्धी आफ्नो ग्रन्थमा एंगेल्सले पूँजीवादी विचारहरूको उदयको युगको बारेमा लेखेका छन् “मध्यम वर्गको विकाससँगसँगै पूँजीवादी र सामन्ती व्यवस्थाको बीचमा दूरी बढ्यो। यस्तो स्थितिमा सामन्ती व्यवस्थाको अन्त हुनु आवश्यक भयो।”
“तर सामन्ती व्यवस्थाको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय केन्द्र रोमन क्याथोलिक चर्च थियो। आपसमा लडाइँ गर्नुको अतिरिक्त पश्चिम यूरोपीय सामन्ती देशहरूलाई ग्रीकहरूमा धार्मिक मानसिकता र मुश्लिम देशलाई यिनको विरूद्ध सँगसँगै राखियो र तिनीहरूलाई प्रभावकारी राज्य पद्धतिमा राखियो। पवित्रताको त्याग गरी उनीहरूले सामन्ती संस्थाहरू तोडिदिए। सामन्ती नमूनाहरूमा उनीहरूले आफ्नो अधिकार परम्परा कायमर राखे। उनीहरूले पूँजीवादी नमूनामा स्वयं आफ्नो अधिकार परम्परा कायम राखे। महत्त्वपूर्ण कुरा के थियो भने रोमन क्याथोलिक चर्च स्वयं सबभन्दा शक्तिशाली सामन्त थियो। क्याथोलिक विश्वको एक-तिहाई जमिन उसको स्वामित्वमा थियो। त्यसकारण सामन्ती व्यवस्थाको अन्त गर्नको लागि हरेक देशमा सामन्ती प्रणालीमाथि प्रभावकारी आक्रमको लागि यो पवित्र केन्द्रीय संगठनलाई नष्ट गरियो।”
यसको अतिरिक्त मध्यम वर्गको उदयसँगसँगै विज्ञान, खगोल विज्ञान, यन्त्र विज्ञान, पदार्थ विज्ञान, शरीर विज्ञान, इत्यादि विषयहरूमा नयाँ जीवनको संचार भयो। तिनीहरूमा सुधार र परिवर्तन हुनलाग्यो। पूँजीवादको औद्योगिक उत्पादन बढाउनको लागि यी विज्ञानहरूको उपयोग हुनलाग्यो। यसभन्दा पहिले यी विज्ञानहरूलाई चर्च वा धर्मग्रन्थहरूको फ्रेममा मिलाउने कोशिस गरिन्थ्यो। उनीहरूलाई श्रद्धा र अन्धविश्वासको फ्रेमभन्दा बाहिर जान दिइँदैनथ्यो। त्यसकारण त्यो सच्चा विज्ञान थिएन। विज्ञानले चर्चको विरूद्ध संघर्ष चलायो। पूँजी विज्ञान बिना विकास गर्न सकिंदैनथ्यो। त्यसकारण पूँजीको प्रणालीले पनि यो संघर्षमा भाग लिनुपर्यो। यसबाट दुई कुराहरू स्पष्ट हुन्छन् (१) रोमन क्याथोलिक चर्चको पाखण्डको विरूद्धमा लडाइँमा पूँजीपति वर्गको सीधा वर्गहित थियो। (२) त्यस बेलाको धर्मको विरूद्धमा असन्तोष व्याप्त थियो; त्यसकारण सामन्तवादको विरूद्धमा हरेक लडाइँ चर्चको विरूद्धमा पनि लडाइँ थियो।
सामन्ती युगमा धर्मसत्ताले राज्यसत्तासँग मिलेर आफ्नो प्रभुत्व कायम गरेको थियो। तर पूँजीवादको यो प्रारम्भिक युगमा धर्मको प्रभावमा कमी आइरहेको थियो। सामन्ती युगमा युरोपमा राष्ट्रहरूको बीचमा संघर्ष धर्मको आधारमा हुने गर्दथ्यो। त्यो युगमा धेरै धर्मयुद्धहरू लडिए। पूँजीवादमा यसबाट के फरक पर्यो, यो कुरा मार्क्सका रचनाहरूमा स्पष्ट छ। कार्ल मार्क्सले न्यूयोर्क टाइम्समा सन् १८५२-५३ मा यूरोपमा लडिएका क्रिमिया युद्धको बारेमा लेखेका थिए। धार्मिक सत्ताको ह्रासको बारेमा एक लेख लेखेका थिए। उनले लडाइँ कसको बीचमा र कुन कुराहरूलाई लिएर भइरहेको थियो भन्ने कुराको वर्णन गरे। क्रिमियाको लडाइँ एकातिर इंग्ल्याण्डको प्रोटेस्टेन्ट सत्ता र फ्रान्सको क्याथोलिक सत्ताले मिलेर रूसको पवित्र ईसाई जारको विरूद्ध लडेका थिए। त्यो यूरोपको मुस्लिम (टर्की) साम्राज्यको संरक्षणको नाममा लडिएको थियो।
वास्तवमा भन्ने हो भने एक जमानामा मुसलमानहरूलाई युरोपबाट बाहिर निकाल्नमा सक्रिय देश नै अब रूसद्वारा त्यही काम गरेको विरोध गरिरहेका थिए। अगाडि उनी लेख्दछन् १३औं शताब्दीमा (सामन्ती कालमा) र १९औं शताब्दीमा (पूँजीवादी युगमा) यही अन्तर छ। यो अन्तर कहिलेदेखि आरम्भ भयो, यसको उल्लेख लेखमा गरिएको छ। त्यसमा के भनिएको छ भने “पश्चिम युरोपका लडाइँहरूमा धार्मिक प्रभावका दिन सकिए। १६४८ मा (पूँजीवादी विचारहरूको आरम्भिक दिनमा) जर्मनीमा जब ३० वर्षीय युद्धमा सन्धि भयो, तबदेखि धार्मिक प्रश्नहरूको प्रभाव समाप्त भयो। विश्व संघर्षहरूबाट धर्मको प्रश्न हट्यो।” राजनीतिमा कुल मिलाएर धर्मको प्रभाव कम भयो।
ईसाई धर्ममा प्रोटेस्टेन्ट सप्रदायको उदय भएपछिको कालमा क्याथोलिक वा प्रोटेस्टेन्ट सम्प्रदायहरूलाई मान्ने देशहरूको बीचमा राजनीतिज्ञ, वकिल, इत्यादिले व्यक्तिगत स्तरमा धार्मिक विश्वासलाई त्याग गर्न र विचारहरूको स्वतन्त्रतालाई स्वीकार गर्न शुरू गरे। फ्रान्सेली राज्य क्रान्तिपछि जनतामा जागृति फैलियो र तिनीहरूमा पनि धार्मिक रूढीवादलाई छोड्ने विचार फैलिन लाग्यो।
तर पूँजीवाद पूर्ण रूपले स्थापित भएपछि पूँजीपतिहरूमा के कुरा ध्यानमा आयो भने सर्वहारामाथि शासन केवल सत्ताको प्रयोग वा कानूनको प्रयोगबाट मात्र हुन सक्दैन। यसको लागि मजदूरहरूका विचारहरूलाई पनि प्रभावित गर्नुपर्दछ। त्यसकारण उनीहरूले विचारहरूको स्वतन्त्रताको झण्डा फ्याँकिदिए र धर्मको सहारा लिए। मजदूर आफ्नो उत्पीडन एवम् शोषणको सम्पूर्ण दोष ईश्वरमाथि हालिदिऊन् र शोषण चुपचाप सहिरहुन् भनेर पूँजीवादले धर्मको झण्डा फेरि आफ्नो हातमा लियो।
त्यसकारण लेनिनले के भनेका छन् भने पूँजीवादी समाजमा दासले आफ्नो मानवता भुलोस् र असल मानवीय जीवनको बारेमा भुलोस् भन्नका लागि धर्मले एक नशालू पदार्थको काम गर्दछ।मार्क्स-एंगेल्सद्वारा दर्शाइएको अनिश्वरवाद अग्रगामी दस्ताको विशेषता हो। अंग्रेज र फ्रान्सेली भौतिकवादी र नास्तिक यिनै उदाउदो पूँजीवादका दार्शनिक थिए। तर पूँजीवादीहरूको प्रभुत्व कायम हुने वित्तिकै मजदूर र पूँजीपतिहरूको बीचमा टकराब तीव्र भएपछि पूँजीपति वर्गले धर्मको प्रयोग अफिमको रूपमा गर्नलाग्यो।
मार्क्सवादीहरूको दृष्टिकोणको मुख्य आधार ‘धर्म निजि मामिला हो’ भन्ने बुझाइ हो। १८७१ मा फ्रैन्कफर्टमा आयोजित सोशल डेमोक्रेटिक दलको अधिवेशनमा यो प्रस्तावना स्वीकार गरियो। तर यस सम्बन्धमा प्रस्तावबाट भ्रम पनि पैदा भयो। यो बुझाइको स्पष्ट अर्थ र सीमा निर्धारण नगरेको कारणले समस्याहरू पैदा भए।
धर्म निजी मामिला हुनु शासन र शिक्षाको सन्दर्भमा हो। शिक्षण संस्थाहरूले कुनै धर्म विशेषको पक्ष लिनुहुँदैन र धार्मिक संस्थाहरूमा हस्तक्षेप गर्नुहुँदैन। त्यसरी नै धर्मले शिक्षाको काममा चासो दिनु हुँदैन। यो प्रस्तावनाको यही वास्तविक अर्थ हो। त्यसरी नै कसैलाई पनि आफ्नो रूचि अनुसारको धर्म मान्ने वा जो कसैलाई पनि धर्म नमानेर अनिश्वरवादी रहने स्वतन्त्रता हुनुपर्दछ। यो पनि निजी मामिलाको क्षेत्र हो। तर समाज परिवर्तन गर्ने कार्यकर्ता वा उसको दलले धर्मलाई निजी मामिला बताएर समस्याको अपेक्षा गरेर काम चल्दैन।
धार्मिक भ्रमबाट प्रभावित जनता परिवर्तनको लागि उद्यत हुँदैनन्। वर्गसंघर्षको एकतामा बाधाअड्चन आउनेछ। क्रान्तिकारी शक्तिहरू बलिया हुँदैनन्। त्यसकारण परिवर्तनवादीहरूले धर्मलाई निजी मामिला नमानेर धर्मलाई भ्रामक कल्पनाहरू र त्यसको भाववादी स्वरूपलाई उजागर गर्ने हुनुपर्दछ। धर्मको विरूद्ध दार्शनिक संघर्ष व्यक्तिगत मामिला होइन।
तर कम्युनिष्ट पार्टीले आफ्ना दस्तावेजहरूमा धर्मविरोधी कुरा गर्दैन। उसले विज्ञानको प्रचारप्रसारमा जोड दिन्छ। ड्यूहरिङले आफ्नो रचनामा के कुरा उल्लेख गरेका छन् भने समाजवादी व्यवस्थामा धर्ममाथि कानूनी पावन्दी लगाइनेछ। यसमा एंगेल्सको टिप्पणी यस्तो छ : यो झूटो क्रान्तिकारी पन हो। एंगेल्सले स्पष्ट रूपमा के भनेका छन् भने कम्युनिष्टहरूको मुख्य काम र उद्देश्य धर्मलाई बढावा दिने, शोषणमा आधारित समाज-व्यवस्था समाप्त गर्नु हो।
यता ईश्वरले अह्राएको खटाएको रुपमा ‘मान्छे’ को अस्तित्व रहने होइन, भनेका छन् मार्क्सले । उनले मानवले आवश्यकता पूरा गर्न जे कर्म गरे त्यही आधारमा भाषा विज्ञान प्रविधि लगायतका सबै कुरा सृष्टि भएको भने न कि कुनै धर्म वा ईश्वरले । धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रुप हो, जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो, जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो ।
धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौकिक शक्तिमाथि विश्वास गर्नु हो । धर्मकोबारेमा फ्रेडरिक एंगेल्स भन्नू हुन्छ, –“हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरुले अलौकिक शक्तिहरुक रुप धारणा गरेका हुन्छन् ।”
वास्तवमा विश्वका महान दार्शनिक एवं सिद्धान्तकार कार्ल मार्क्सले स्पष्ट रुपमा के भनेका छन् भने ‘‘धार्मिक पीडा एकै पटक वास्तविक पीडाको पनि अभिव्यक्ति तथा वास्तविक पीडाको बिरुद्ध विरोध प्रदर्शन पनि हो। धर्म उत्पीडित प्राणीको चित्कार–सुस्केरा हो। एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मबिहीन स्थितिको त्यो आत्मा हो। त्यो जनताको अफिम हो।’’ निश्चय नै अरु दर्शनहरुले जस्तो मार्क्सवादले संसारलाई बुझ्ने र ब्याख्या गर्ने कुरामा मात्र आफूलाई सीमित राख्दैन। यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ।
त्यसै कारणले मार्क्सवादका प्रणेता कार्ल मार्क्सले भने, ‘दार्शनिहरुले आजसम्म संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या मात्र गरे, मूल कुरो त यस्तो संसारलाई बदल्नु हो।’ ठीक यसै कारणले वास्तवमा अरु आफ्ना पूर्ववर्ती दर्शनहरुभन्दा मार्क्सवाद एकदमै भिन्न र बिशिष्ट छ। वस्तुतः यो एउटा रचनात्मक सामाजिक विज्ञान हो। विश्वको बौद्धिक विकासको समुच्च सम्पदाको सही अर्थमा सदुपयोग गरेर मार्क्सवादले यस्तो वैज्ञानिक सामाजिक सिद्धान्त र पद्धति मानव समाजलाई प्रदान गरेको छ, जसले सामाजिक शोषण, भेदभाव, अन्याय, असमानता, अन्धविश्वास र कुरीतिहरुलाई आमूल रुपमा बदलेर नयाँ मानव समाज निर्माणको मार्गदर्शन गर्दछ।
यस प्रकार मानव समाजलाई मुक्ति, समानता र समुन्नतिका निमित्त यसले प्रष्ट दिशानिर्देश गर्दछ। अरु दर्शनहरुभन्दा यी नै कुरामा मार्क्सवाद फरक र बिशिष्ट रहेको तथा ज्ञान र व्यवहारको सही विवेचना गर्ने कालभेदी विचार हो।धर्म यदि अफिमै हो भने पनि त्यो यस कारणले हो कि त्यसमा एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने अद्भूत क्षमता हुन्छ, जस्तो ब्यक्तिलाई लठ्ठ पार्ने क्षमता अफिममा हुन्छ। कुनै पनि उत्पीडनमा परेका मानिसलाई धर्मले एउटा काल्पनिक संसारमा, जुन कल्पना लोक मात्र हो, लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिममा हुन्छ।
यसरी कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनिक राहतको रुपमा पलायनको बाटो प्रस्तुत गर्दछ। त्यसका लागि एउटा हृदयहीन संसारमा हृदय, एउटा आत्माबिहीन स्थितिमा आत्मा जुटाइदिन्छ। ठीक यही कारणले धर्म त्यो अफिम हो, जसको जनताले स्वयं आफूलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ, जबसम्म जनता यस्तो स्थितिमा फँसेका हुन्छन्।जुन कुरा उनीहरुलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ। वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन् भने ‘सम्पूर्ण धर्म मानिसको दैनन्दिन जिन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरुको मानिसहरुको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन।’
यस प्रकार सारतः धर्मको मार्क्सवादी अवधारणा त्यसको समग्र दार्शनिक आधारसँग जोडिएको छ। मार्क्स भन्दछन्, अधार्मिक आलोचनाको आधार हो, मानिसले धर्मको निर्माण गर्दछ। धर्मले मानिसलाई बनाउने होइन, अर्को शब्दमा, चिन्तन तथा त्यसबाट निस्कने बौद्धिक ब्यवहारको दृष्टिबाट मानवीय चेतनाका अरु प्रत्येक अभिब्यक्तिहरुझै नै धर्म पनि मानवीय समाजिक अस्तित्वकै परिणाम हो न कि त्यसको सामाजिक अस्तित्वको कारण। यस अवधारणाले धर्मलाई कुनै स्वयं वस्तुको रुपमा स्वीकार्दैन। धर्मलाई कुनै यस्तो वस्तु मान्दैन, जुन इतिहासमा समाजको गति चालक शक्तिबाट स्वतन्त्र रहेको होस्।
यसरी धार्मिक सुधार आन्दोलनको सकारात्मक अन्तरवस्तुलाई पहिचान गर्नुका साथसाथै मार्क्सवाद धर्मको इतिहासलाई पनि मानव सभ्यता तथा त्यसै अनुरुप मानव चिन्तनको विकासको सीमा राख्न सफल र समर्थ भएको छ। प्रष्ट छ, यसरी धर्म कुनै अलौकिक वस्तु रहेको छैन। यस सम्बन्धमा एंगेल्सले प्रष्ट भनेका छन्, ‘धर्म त्यस्तो प्रतिबिम्ब हो, जसमा लौकिक शक्तिहरुले परलौकिक रुप लिन्छन्।’ अर्थात् पारलौकिक शक्ति बन्दछन्। इतिहासको प्रारम्भमा यस्तो प्रतिबिम्ब प्रकृतिका शक्तिहरुको नै हुने गर्दथ्यो। हाम्रो आफ्नै सन्दर्भमा सूर्य, अग्नि, वायु, नाग आदिको मूर्ति पूजाको आदिम रुप देख्न र बुझ्न यसै प्रसंगमा सकिन्छ। बैदिक कर्मकाण्डहरु सारतः यज्ञमा आधारित छन्, जुन अग्नि जगाउने एउटा रुप नै हो।
समाज विकासको अझ अगाडिको अवस्थामा पुगेर अनेकौं प्रकारका देवताहरु सम्पूर्ण प्राकृतिक तथा सामाजिक गुणयुक्त एउटा सर्वशक्तिशाली ईश्वरमा स्थानान्तरित हुन जान्छन्। यो ईश्वर निराकार मानवकै प्रतिविम्ब हो। एकेश्वरवादको जन्म यसै प्रकारले भएको थियो। ऐतिहासिक रुपमा यो उत्तरकालीन युनानीहरुहरुको भ्रष्ट दर्शनको अन्तिम उपज थियो। फेरि त्यसले यहुदीहरुको बिशिष्ट जातिय देवता ‘जेहोवा’ को रुपमा अवतार लियो।
यो सुविधाजनक, शुद्ध र सार्वभौमिक रुपले संयोजनीय रुपमा ती बाह्य प्राकृतिक तथा सामाजिक शक्तिहरुका साथ जसले तिनमाथी शासन गर्दछ, मानिसको तत्कालीन अर्थात् भावनात्मक सम्बन्धको रुपमा धर्म त्यति बेलासम्म कायम रहन सक्तछ, जबसम्म मानिस ती शक्तिहरुको नियन्त्रणमा बाँधिइरहेको हुन्छ। लौकिकताको एउटा आधार वेद हो। मोक्षको कुरा वेदले गर्छ, स्वर्ग र नर्कको गर्दैन। मोक्षको अर्थ हो अन्त्य या समाप्त। लौकिकताको स्रोत त्यो हुनसक्छ। वेद मान्नेलाई आस्तिक भनिएको छ। चलनचल्तीको भाषामा धर्म मान्नेलाई आस्तिक भनिन्छ। त्यो भनेको ईश्वरवादी (थेइस्ट) र अनिश्वरवादी (एथेइस्ट) हो।
दक्षिण एशियामा वेद नमान्ने धर्महरू जस्तै: जैन, बुद्ध धर्म, चार्वाक आदिचाहिँ नास्तिक परधर्म। उनीहरू वेदलाई मान्दैनथे तर इहलोक छ, मोक्ष या निर्वाणको अवधारणाचाहिँ स्वीकार गरे। आत्मा छ र परमात्मामा विलीन हुनु जीवनको अन्तिम लक्ष्य हो भन्ने ठान्थे। तेस्रोचाहिँ मलाई मन पर्छन्। तिनलाई अज्ञेयवादी भनिन्छ। ईश्वर छ या छैन, थाहा छैन। हुन पनि सक्छ, नहुन पनि सक्छ। तर मलाई इहलोकमा मेरो जीवन चलाउन न त्यसले कुनै सहयोग गर्छ, न कुनै अप्ठ्यारो पारेको नै छ। एकअर्कासँग समाजमा बस्ने हाम्रो जो सार्वजनिक नैतिकताका नियमहरू मान्नेहरूलाई पछि जर्मन दार्शनिक इमान्युयल कान्टले अझै राम्रोसँग व्याख्या गरे। उनले भने, ‘साँचो बोल्नुपर्छ, भलै त्यसले तत्कालका लागि हानि नगरोस्। तर अन्ततः साँचो बोल्नुले पाइदा नै पुर्याउँछ।’ साँचो बोल्नु धर्म हो भन्ने कुरा सही होइन। साँचो बोल्नु सार्वजनिक नैतिकताको विषय हो। आफूप्रति जस्तो व्यवहारको अपेक्षा राखिन्छ, त्यस्तै व्यवहार अरूसँग पनि गर्नुपर्छ। एकथरि यस्ता अज्ञेयवादी भए।
तर के कुरा बारम्बार देखिसकिएको छ भने बर्तमान विश्व–पूँजीवादी समाजमा एउटा बाह्य शक्तिको रुपमा मानिसमाथि ती आर्थिक परिस्थितिहरुकै शासन हुन्छ, जसको सृष्टि स्वयं मानिसले नै गरेका हुन्। उनीहरुमाथि उत्पादनका ती साधानहरुको शासन हुन्छ, जसको निर्माण स्वयं उनीहरुले गरेका हुन्छन् वा गरेका छन्। यसकारण ती प्रतिबिम्बहरु परावर्तक क्रियाको वास्तविक आधार बनिरहन्छन्, जसले धर्मलाई जन्म दिन्छ। अनि त्यसको साथसाथै स्वयं धार्मिक प्रतिविम्ब पनि कायम रहन्छ।
मार्क्स र मार्क्सवादीरुका लागि धर्म ती समाजिक परिस्थितिहरुको उपज हो, जुन सामाजिक परिस्थितिमा मानिस रहेको हुन्छ र अहिले पनि रहिरहेको छ। धर्मको इतिहास एक अर्थमा मानवीय विकासको इतिहासको प्रतिविम्ब पनि हो। त्यसैले चेतनाका अन्य रुपझै धर्म स्वतः सम्पूर्ण वस्तु होइन, वास्तविक संसारको नै प्रतिविम्ब हो। जबसम्म मानिसले प्रकृतिका शक्ति र सामाजिक शक्तिहरु, जसले उनीहरुको दैनिक अस्तित्वलाई निर्धारण गर्दछन्, तथा उनीहरुको भाग्यलाई सञ्चालन गर्दै रहेको देखिन्छ, ती दुबैलाई बुझ्दैनन्, एउटा अलौकिक तथा संसार बाहिरको सत्ताको कल्पनाको आवश्यकता भइरहन्छ।
यसरी धर्मले मानिसहरुका लागि राहत, सौन्दर्य र आश्वासनको यस्तो एउटा संसार बसाइदिन्छ जुन कुरा मानिसले आफ्नो वास्तविक जीवनमा प्राप्त गर्ने गर्दैन। यसको साथै कुनै खास चरणमा समाजमा चलिरहेको वर्ग संघर्ष पनि त्यस बेलासम्म धार्मिक भाषामा अभिब्यक्त गर्न सकिन्छ, जबसम्म धर्म विचारधाराको नै सबैभन्दा प्रमुख रुप बनिरहन्छ। अहिले जहाँसम्म कुनै खास चरणमा भइरहेको बर्ग संघर्षको धर्ममा अभिब्यक्तिको प्रश्न छ, त्यो अभिब्यक्ति जुन सीमासम्म पुगेको छ, त्यसै हदसम्म शासक वर्गीय विचारधाराका अन्य रुपहरु जस्तै धर्म पनि शासक र शोषक वर्गको हतियार पनि बन्दछ र त्यस खास शासनको बैधता सावित गर्ने साधन पनि।
पेरिस कम्युनले सत्ताबाट धर्मलाई अलग राख्ने घोषणा गर्यो। धार्मिक संस्थाहरूलाई सरकारबाट प्राप्त हुने सहायता बन्द गरियो। चर्चको सम्पत्ति राष्ट्रिय सम्पत्ति घोषणा गरियो। स्कूलहरूबाट सम्पूर्ण धार्मिक शिक्षाहरू हटाइयो। प्रार्थनाहरू बन्द गरियो। यी घटनाहरूमा मार्क्स र एंगेल्सका रचनाहरूको प्रभाव थियो। यी निरन्तर बदलिरहेका परिस्थितिहरूको कारण मार्क्स र एंगेल्सको लागि सामन्ती युगमा धर्मसत्ता, संक्रमण कालमा त्यसको पतन, उदाउँदो पूँजीवादद्वारा धर्मको विरोध र स्थापित पूँजीवादद्वारा धर्मको प्रयोगको बारेमा वैज्ञानिक सुझबुझ पेश गर्न संभव भयो। धर्म एवम् वर्गका सम्बन्ध स्पष्ट हुनलागे।
लेनिनले सामान्यतः १९०० देखि १९२० को बीचमा अलग-अलग सन्दर्भमा धर्मको बारेमा लेख लेखे। यसको लागि उनले मार्क्स र एंगेल्सका विचारहरूको मद्दत लिए। लेनिनका रचनाहरू रूसको जार र क्याथोलिक चर्चको सत्ताको सन्दर्भमा पनि थिए। ड्यूमा (संसद) मा धार्मिक विषयहरूमाथि विवादको क्रममा दलहरू एमव् वर्गहरूको स्थिति स्पष्ट भयो। रूसको बोल्शेभिक पार्टीका विचार धेरै स्पष्ट भएर सामुन्ने आए। लेनिनले धर्ममा आधारित राष्ट्रको परिकल्पनाको आलोचना गरे।
धर्मको उदय, प्रभाव र त्यसलाई कम गर्ने आवश्यकता सम्बन्धी मार्क्सवादी-लेनिनवादी शिक्षाको प्राथमिक रूपरेखा हामीले देख्यौं। उपर्युक्त चर्चाको सारांश हामी यसरी राख्दछौं असमानता र शोषणमा आधारित व्यवस्था धर्मको प्रभावको लागि जिम्मेवार छ। मार्क्सवादको भाषामा समाजको उत्पादन पद्धति, आर्थिक रचना समाजको आधार हुन्छ। त्यसका अनुसार समाजको कानून, राजनीति, धर्म दर्शन सम्बन्धी विचार बन्दछन्, जसलाई उपरिसंरचना भनिन्छ। आधार बदलिएपछि उपरिसंरचना पनि बदलिन्छ।
यस सन्दर्भमा कम्युनिष्ट घोषणापत्रमा मार्क्स-एंगेल्सले भनेका छन् – “मानिसको भौतिक जीवनको परिस्थिति, त्यसको सामाजिक सम्बन्ध र सामाजिक जीवनमा जुन परिवर्तन आउँछ, त्यसबाट कल्पना, विचार, मत, इत्यादिमा पनि परिवर्तन आउँछ। जुन हदसम्म भौतिक उत्पादन बदलिन्छ, त्यस हदसम्म बौद्धिक उत्पादनको स्वरूप पनि बदलिन्छ।”प्रत्येक युगको आर्थिक पद्धतिले त्यस युगको उत्पादन पद्धतिसँग मिल्दोजुल्दो संरचना तयार गर्दछ। त्यो समाजको कानून व्यवस्था र राजनीतिक विचार तथा यसप्रकार धार्मिक, दार्शनिक र अन्य विचारहरूलाई स्वरूप प्रदान गर्दछ।
वर्गीय समाजमा शासन-व्यवस्था, न्यायपालिका, पुलिस-व्यवस्था, फौज र रानीतिक पार्टीहरू तथा अन्य संगठन विकसित हुन्छन्। धार्मिक एवम् नीतिगत विचारहरूको प्रचारको लागि साहित्य, सिनेमा, रेडियो, टेलिभिजन, इत्यादि अस्तित्वमा आउँछन्। यी संस्थाहरूले समाज-पद्धतिको संरक्षणको प्रचार गर्दछन्। तिनीहरूको काम वर्तमान समाजलाई बल प्रदान गर्नु हो।
आधार लगातार विकासशील हुन्छ। त्यसानुसार उपरिसंरचना पनि बदलिन्छ। त्यसकारण आधार बदलिनु महत्त्वपूर्ण हुन्छ। त्यसपछि शोषणमा आधारित समाज बदलिएपछि धर्मसहित उपरिसंरचना बदल्न सकिन्छ वा त्यसको प्रभाव कम गर्न सकिन्छ। संक्रमण कालमा पुरानो-नयाँको वैचारिक संघर्ष चल्छ र परिवर्तनको संघर्ष तीव्र हुन्छ।
यो संघर्षलाई, क्रान्तिकारी विचारहरूलाई तथा सृजनात्मक कार्यलाई प्रेरित गर्ने कार्य मार्क्सवादी दर्शनले गर्दछ। क्रान्तिकारी विचार बिना क्रान्ति संभव छैन, यो कुरा मार्क्सवादले सिकाउँदछ। बुद्धको युग दर्शन विकासको युग थियो । दर्शनले मूलतः मन तथा चेतनाभित्रबाटै सबै समस्याको हल गर्ने प्रयत्न गरिन्थ्यो । भौतिक घटना, परिघटनाको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्ने उन्नत चेतनाको अभाव थियो । समग्रमा भन्नुपर्दा साइन्सको जन्म हुन बाँकी थियो । त्यसैले जीवनमा दुःख हुनु, त्यसको कारण हुनु, त्यसलाई निरोध गर्न सकिने पनि हुनु र निरोधका लागि मार्गहरू हुन्छन् भन्ने कुरामा बुद्ध र मार्क्स दुवैको विचार एउटै भए पनि दुःखको कारण र त्यसलाई निरोध गर्ने मार्ग एउटै नहुनु स्वाभाविक हो ।
दुःख हटाउन कुनै ईश्वर आउँदैन वा ईश्वरको पूजा गरेर दुःख हट्दैन, त्यसका लागि आफू स्वयंले प्रयत्न गर्नुपर्छ भन्नेमा बुद्ध र मार्क्स दुवै एकमत देखिन्छन् । बुद्धको प्रत्यीत्यसमुत्पादको सिद्धान्त कार्यकारणको विशिष्ट सिद्धान्त हो । यो उनको सम्पूर्ण दर्शनको आधार हो । त्यसले प्रतिक्षण बदलिरहने वस्तु तथा घटनामा एउटाको निषेधमै अर्कोको उदय हुने व्याख्या गर्छ । प्रत्यीत्यसमुत्पादले जीवन निरन्तर प्रतिक्षण विनाश र उत्पाद (नयाँको उदय) को प्रवाहमा रहेको व्याख्या गर्छ । प्रत्यीत्यसमुत्पादको यो व्याख्या र मार्क्सको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा व्याख्या गरिएको वस्तु विकासको नियम निषेधको निषेधमा समानता छ ।
बुद्धले आन्तरिक जगत्भित्र रही शाश्वत सत्य पत्ता लगाउन ध्यान विधि प्रयोग गरे । उनले ध्यानमा लीन भई मनलाई असीम एकाग्रतामा लगेर पदार्थको वास्तविक रूप, उदय र क्षय, सांसारिक वस्तुको मानवसँगको सम्बन्ध, मानव चेतना एवं मन, चित्त, चित्त र सांसारिक वस्तुबीचको सम्बन्ध, मानव शरीर एवं जीवनका दुःख–सुखको उदय र क्षय आदि पदार्थ तथा जीवनबारेका सम्पूर्ण एवं समग्रको यथार्थ ज्ञान आफ्नै अनुभवबाट बोध गरे । केवल तर्कबाट नभई आफ्नै चित्त (चेतना वा मन) ले बोध गरे । बुद्धलाई तथागत भनिन्छ । तथागतको अर्थ तथ्यबारे अवगत भएका भन्ने हो ।
भगवानको अर्थ पनि जीवन र जगत्बारेको सत्यतथ्य बुझेका वा जानेका भन्ने हो । तसर्थ बुद्धलाई भगवान् पनि सम्बोधन गरिन्छ तर ईश्वर भनिँदैन । उनी ईश्वरको अस्तित्वबारे बहसमा लागेर समय बार्बाद गर्नु नहुने उपदेश दिन्थे । कर्मको सिद्धान्तद्वारा मानवले आफ्नो भविष्य आफैले निर्माण गर्नुपर्छ भन्थे । कसैको भविष्य कुनै ईश्वरले निर्धारण गर्ने होइन, बरु कसैको भविष्य उसको कर्मबाट निर्धारित हुन्छ भन्थे । राम्रो भविष्य चाहनेले कुशल कर्म गर्नुपर्ने उनको तर्क थियो ।
बुद्ध स्वयं कुनै ईश्वर वा भगवान्को भक्ति तथा पूजाका विरोधी थिए । उनले जनतालाई कुशल कर्ममा जोड दिए । उनी आफूलाई तथागत एवं भगवान् त मान्थे तर ईश्वर मान्दैनथे । त्यसैले उनले आफ्नो मूर्ति तथा चित्र बनाउने कार्यमा प्रोत्साहन कहिल्यै गरेनन् । त्यसैले बुद्धको महापरिनिर्वाण भएको झन्डै ५ सय वर्षसम्म बुद्धको कुनै चित्र वा मूर्ति बनेन । बुद्धको मूर्ति भारतवर्षको कुशान शासनकाल अर्थात् ईसाको पहिलो शताब्दीतिरबाट बन्न थालेको हो । अहिले पाकिस्तानमा पर्ने बुद्धकालीन सहर गान्धारमा बुद्धको पहिलो मूर्ति बनेको हो ।
भारतवर्षमा अलौकिक ईश्वरलाई मान्ने, भक्ति गर्ने, पूजा गर्नेजस्ता संस्कार बुद्धभन्दा अगाडि वैदिक कालदेखि नै चल्दै आएको हो । वैदिक धर्म र संस्कारलाई पछि हिन्दु धर्म भनियो । भारतीय समाज वैदिक संस्कारबाट पूर्णतः भिजेको थियो । तसर्थ इतिहासमा, परिवर्तित समयमा बौद्ध धर्मलाई जीवित राख्न विभिन्न सम्यका बौद्ध समाजले वैदिक संस्कारसँग सम्झौता गर्नुपर्ने स्थिति सिर्जना भयो । पाँचौँ शताब्दीमा महायान र एघारौँ शताब्दीतिर वज्रयान बौद्ध धर्मको विकास सँगसँगै बौद्ध परम्परामा विभिन्न नयाँ नयाँ अवधारणा थपिए ।
बहुबुद्धको अवधारणा, तन्त्रयानको अवधारणा, महायानमा बोधिसत्वहरूको पुनर्जन्मको अवधारणा र विश्वास आदि कुराले बौद्ध धर्मको रूपमा निकै ठूलो परिवर्तन आयो । वज्रयानमा तन्त्रयानको विधिविधानअनुसार जन्मदेखि मृत्युसम्मका संस्कार सिर्जना भए जुन पूजाआजामा पूर्ण रूपमा हिन्दु संस्कारबाट प्रभावित देखिन्छ ।दार्शनिक दृष्टिकोण र बौद्ध ग्रन्थहरूलाई अध्ययन गर्ने हो भने अझै पनि बुद्ध ईश्वरको रूपमा छैनन् । बुद्धलाई पूजा होइन उनका विचार तथा आदर्शलाई व्यवहारमा लागू गर्नु नै मुख्य महìवपूर्ण कुरा हो । विपस्सना गुरु सत्यनारायण गोयन्काले नेपाललगायत विश्वका सयौँ मुलुकमा स्थापना गरेका विपस्सना ध्यान केन्द्रहरूमा त्यसरी बुद्धलाई ईश्वरको रूपमा पूजा गर्ने चलन देखिँदैन । उनले बुद्धको वास्तविक व्यवहारलाई पछ्याएका हुन सक्छन् ।
मार्क्सले संसारलाई बुझ्न बाह्य भौतिक जगत्कै नियमलाई नियाले । गौतम बुद्धका पालामा साइन्स (यहाँ विज्ञान शब्द प्रयोग गरिएन, किनकि बौद्ध साहित्य एवं पूर्वेली दर्शनमा विज्ञानको शाब्दिक अर्थ चेतना, चेतनाका अवयवहरू वा मन हो) को उदय भइसकेको थिएन । संसारको इतिहासमा साइन्स जन्मनुभन्दा धेरै शताब्दीअघि अझ भन्ने हो भने सहस्राब्दीपूर्व नै दर्शनको उदय भएको हो । दर्शनको मूल विषय चेतना र त्यससँग सम्बन्धित कुराहरू नै हुन्थे । त्यसैले गौतम बुद्धले संसारलाई पढ्न र बुझ्न चेतनाभित्रको अर्थात् आन्तरिक संसारभित्र रहेर नै संसारको नियम बुझ्ने अनुसन्धान गरे । तर मार्क्स साइन्स युगका थिए । त्यसैले उनले संसारलाई पढ्न र बुझ्न भौतिक वस्तुभित्रको अर्थात् बाह्य संसारभित्र रहेर नै संसारको नियम बुझ्ने अनुसन्धान गरे ।
हो हिन्दु धर्म एक धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरु र दार्शनिक विद्यालयहरुको सङ्ग्रहको रुपमा वर्णन गरिएको छ जुन भारतीय उपमहाद्धीपमा उत्पत्ति भएको हो । संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो । जसको अर्थ “शाश्वत धर्म”, “अनन्त मार्ग”वा “अनन्त कानून” हो । हिन्दू धर्म, जो पूर्वी एशियाको एक प्रमुख धार्मिक परम्परा हो । हिन्दु धर्मको जरा वैदिक, सिन्धु घाँटी र द्रविड सभ्यताहरुमा छ, त्यसैले हिन्दु धर्मलाई संसारको सवैभन्दा पुरानो धर्म भनिन्छ । धर्म, कर्म, संसार, माया, मोक्ष र योग जस्ता धार्मिक पदहरुले गर्दा हिन्दुलाई विशिष्ट मानिन्छ । हिन्दु धर्ममा ठुलो संख्यामा शास्त्रहरु छन्, जुन दुई मुख्य कोटिहरुमा पर्छन्ः श्रुति र स्मृति । महत्वपूर्ण हिन्दु ग्रन्थहरु बेद, उपनिषद, पुराण, रामायण, महाभारत, श्रीमद्भागवद गिता र आगमहरु हुन ।यस धर्मको उत्थान अत्यन्त प्राचीन कालमा भएको मानिन्छ। यसका इतिहासलाई चार युगमा विभाजित गर्न सकिन्छः सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग।
हिन्दू धर्मको आदिकाल म्हटिएको वेदहरूको समयमा जान्छ। वेदहरू धर्मिक ग्रन्थहरू होइन, बरु संग्रह र विज्ञानका प्रतीक मानिन्छ। वेदहरूको विभिन्न भागहरू छन् जसमा रिगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद सामेल छन्। यसका साथै, उपनिषद्हरू ध्यान, ध्यानयोग र आध्यात्मिक ज्ञानका विषयमा थाहा पाउँछ।वेदको पछि उपनिषदहरूको विकास भइरहेको थियो, जसले आध्यात्मिक तथ्यको महत्वपूर्ण अध्ययन गरेका थिए। यसको पछि भगवान श्रीकृष्णको महाभारतको गीता आएको थियो, जसले मानवतामा धर्म, कर्म र योगको महत्वलाई बुझाउँछ।
धर्मको प्रतिष्ठा र विस्तारका साथै गुप्त साम्राज्यको समयमा पुराणहरूको लेखनकला विकसित भएको थियो। महाभारत रामायणका कथाहरू पनि हिन्दू धर्मको महत्वपूर्ण हिस्सा बनेका छन्, जसमा धर्म, कर्म, नैतिकता र मानवियताका प्रति जनतामा जागरूकता प्रदान गरिएको छ।हिन्दू धर्मको इतिहासमा गौतम बुद्धको आगमन अत्यधिक महत्वपूर्ण घटना मानिन्छ। बुद्धको उपदेशले ध्यान, नैतिकता र दयालुताको महत्वलाई बुझाउँछ। उनको शिक्षाहरूले हिन्दू धर्ममा महत्वपूर्ण परिवर्तन गरेको थियो, जसले धार्मिक संकरणको अवस्थामा परिवर्तन गरेको थियो।
मध्ययुगको कालमा, भक्ति आन्दोलनका साथै, सन्त र साधुहरूले धर्मको अवश्यकता र मार्गमा महत्वपूर्ण परिवर्तन गरेका थिए। कबीर, सूरदास, तुलसीदास, नामदेव, चैतन्य महाप्रभु जस्ता धार्मिक विचारकले धर्मको नयाँ दिशा देखाए। हिन्दु धर्ममा ॐलाई धार्मिक प्रतिकको रुपमा प्रयोग गरिन्छ । हिन्दु धर्मले अध्यात्म र परम्पराहरुमा विचारहरुको विविधता समावेश गर्दछ, तर हिन्दु धर्ममा कुनै चर्च वा, निर्विवाद धार्मिक अधिकारीहरु छैनन् । हिन्दु धर्ममा कुनै शासक निकाय छैन, कुनै अगमवक्ताहरु वा कुनै एक पवित्र पुस्तकहरु छैनन् । हिन्दुहरुले बहुदेववादी, सर्वधर्मवादी, हेनोथेस्टिक, एकेश्वरवादी, अद्धैतवादी, अज्ञेयवादी, नास्तिक वा मानवतावादी हुन रोज्न सक्छन् । हिन्दु धर्मलाई धर्म, धार्मिक परम्परा, धार्मिक विश्वासको एक सेट र “जीवन पद्धती” को रुपमा परिभाषित गरिएको छ ।
संसारमा आज हरेक मानिसले खुसी, शान्ति र आनन्द खोजेको छ । यिनै कुराको खोजीमा मानिसले कुनै कसर बाँकी राखेको छैन । मन्दिरमा घण्ट बजाएकै छ, मस्जिदमा नवाज पढेकै छ, चर्चमा प्राथना पनि गरेकै छ अनि गुम्बामा ॐ मणि पद्मे हूँ पनि जपेकै छ ! धन, पद, प्रतिष्ठा पनि कमाएकै छ । आखिर सारा कुरा प्राप्त गरेर पनि मानिस किन तनावमा छ ? किन बेचैन छ ? किन निराश छ ? म, मेरो र मलाई भन्दाभन्दै जीवनभर राग, द्वेष, मोहपालेर आफैं पनि दुःखित हुँदै अरूलाई पनि दुःखित तुल्याउँदै निकै बोझिलो र अत्यासलाग्दो जीवन जिउन विवश छ । मानिस अल्पज्ञानले कर्मकाण्ड र अध्यात्म उस्तै हो भन्ने भ्रममा फगत कुनै एउटा धर्म, दर्शन र सम्प्रदायको जगमा आफूलाई दास बनाएर जीवनप्रतिको सच्चाइ नबुझी भौंतारिइरहेको छ । जान-अन्जानमा साम्प्रदायिक भावना फैलाइरहेको छ । अतः बाहिरी संसारको यी र यस्ता यावत् विषय र वासनाबाट मुक्त भई आफ्नै अन्तर्दृष्टिलेआफैंलाई हेर्ने र चिन्ने साधन हो विपश्यना ।
आजको मानिस बेहोशीबाट होशतर्फ फर्कने अर्थात् जे गर्दैछ सो होशपूर्वक गर्न सक्ने हो भने युगौंयुगदेखिको मानिस-मानिसबीचको वैरभाव, वैमनस्य र शक्तिको अहङ्कार अन्त्य गर्दै सादा र सुखी जीवनयापन गर्न सक्छ । विपश्यनाको प्राप्ति भन्नु नै मानव जीवनको सार्थकताको खोजी हो । मानवले आफूलाई संसारकै सर्वश्रेष्ठ प्राणी दाबी गर्छ । त्यसो हो भने मानिस र अन्य प्राणीका बीचमा के भिन्नता छ त ? जन्म र मृत्युका बीचमा प्राणीले जे
फरक कर्म गर्छ, त्यसैले जीवनको अस्तित्व र पहिचान स्थापित गर्दछ । खाने, सुत्ने, सन्तान जन्माउने, हुर्काउने र एकदिन काल पर्खने मात्रै हो भने यति त जनावरले पनि गरेकै छ ।
यति कर्म गरेर मानव अन्य प्राणीभन्दा भिन्न कसरी भयो त ? मानिस चेतनशील प्राणी हो, ऊ सोच्न सक्दछ । म को हुँ, किन यस धर्तीमा आएको हुँ, मेरो अस्तित्व केमा छ ? भनेर खोज्नु तथा मानिस र सम्पूर्ण प्राणीका हितका बारेमा सोच्नु पनि मानिसको कर्म हो । धर्तीमा जन्मिएर हुर्कनु, बढ्नु, सम्पत्ति कमाउनु, घरघडेरी जोड्नु, सन्तान उत्पादन गर्नु मात्रै जीवनको सार्थकता होइन । यो सुन्दर धर्तीमा मानव रूप लिएर जन्मिएका हामी जीवनलाई नबुझी बेहोशीमै यो संसारबाट बिदा भएका त छैनौं ? यही अज्ञानतालाई छिचोल्न, जीवन र जगतबारे अलिकति भए पनि चिन्तन गर्न र बाहृय जगतबाट आफैंभित्रको ज्ञानको विराट महासागरमा डुब्नका लागि भने व्यक्ति अन्तर्यात्रामै जानुपर्दछ ।
जसले मानव जीवनलाई जीवन्त बनाउन अनि आफू हुनुको अर्थ खोज्न प्रेरित गर्दछ । यही अन्तर्यात्राको मार्ग हो विपश्यना । हामी संसारलाई र सिङ्गो ब्रहृमाण्डलाई जान्ने, बुझ्ने प्रयासमा देश-विदेश भौंतारिन्छौं, अनेकौं ग्रह-उपग्रहका बारेमा सोधखोज, अध्ययन, अनुसन्धान गर्छौं । भौतिक सुख- विधाको खोजीमा आफ्नो सम्पूर्ण जीवन नै व्यतीत गरिदिन्छौं तर आफ्नै जीवनको आधार आफैंभित्र चलिरहने श्वासका बारेमा भने अनभिज्ञ हुन्छौं । दुनियाँ चिन्दाचिन्दै र बुझ्दाबुझ्दै आफैंलाई चिन्न र बुझ्न नपाई जीवन सकिन्छ ।अहिलेको व्यस्त समय र भागदौडको दिनचर्याबाट दश दिनको समय मात्रै विपश्यनामा लगाउन सक्यौं भने यसका माध्यमबाट आफूभित्र सुषुप्त अवस्थामा रहेको अन्तर्दृष्टिलाई जागृत गराई आफैंलाई चिन्न र बुझ्न सकिन्छ ।
मेरो बुझाईमा ओशोका सम्पूर्ण प्रवचनहरुको मूल सन्देश भनेकै ‘ध्यान, ध्यान र ध्यान’ हो। उनले ध्यानलाईनै मानव जीवनको सौन्दर्य र ऐश्वर्य मानेका छन्, ध्यानलाईनै मानवमुक्तिको एउटै बाटो मानेका छन्। ओशोले धेरै ध्यान विधिहरुका बारेमा चर्चा गरेका छन् र ईर्ष्या र तनावले हरदम भरिएको ‘कोलाहलयुक्त मन’ भएको आधुनिक मान्छे ध्यानको दुनियाँमा कसरी पस्न सक्छ भनेर प्रारम्भिक चरणहरु/पूर्व तयारीहरुको बारेमा पनि धेरै बोलेका छन्। पहिला यथेष्ट मानसिक विरेचन गरेर मानसिक कूडा-कर्कट हटाएपछि मात्रै विपश्यना वा यस्तै अरु ध्यान विधिहरुमा सहज प्रवेश गर्न सकिन्छ भन्ने उनको भनाई असाध्यै सही लाग्छ मलाई। उनले मानसिक विरेचनका लागि ‘सकृय ध्यान’ सुझाएका छन्।
एक हिसाबले हेर्दा ओशोका प्रमुख देनहरुमध्ये एक यसैलाई मान्न सकिन्छ कि उनले पूरातन समयदेखिका ध्यानविधिहरुलाई समसामयिक बनाईदिएका छन्। हाम्रो समाजमा गडेर रहेको ‘ध्यान भनेको घरबार छोडी जंगल पसेपछिमात्रै गर्ने चीज हो’ भन्ने मान्यतालाई सशक्त खण्डन गरेका छन् र जो जहाँ छ, जे गरिरहेको छ त्यहि अवश्थामै पनि ध्यान गर्न सकिन्छ भनेर ध्यानलाई कथित साधु-सन्त हरुको कब्जाबाट मुक्त गरिदिएका छन्।
मलाई प्रभावित पार्ने अर्को पक्ष भनेको ओशो अरु ‘बाबा’, ‘महाराजजी’, ‘साधु-सन्त’ जस्तो कुनै पनि मान्छेको जिज्ञासाको समाधानको रुपमा बिगुत, बुटी, वा कुनै अमूक चीज दिँदैनन्, उनी एउटा जीवन दर्शन र बाँच्ने कला दिन्छन्। अरु ‘बाबा’, ‘महाराजजी’, ‘साधु-सन्त’ हरु आफैंलाई साधकको साधनाको लक्ष्यको रुपमा पेश गर्छन् भने ओशो बाटो देखाईदिन्छन् र आफैं हिँडेर लक्ष्यसम्म जान प्रेरित गर्छन्।
मलाई के थाहा छ भने ध्यान र स्वयं ओशोकै बारेको मेरो जानकारी एकदमै कम छ। आज हल्का र सतही रुपमै भएपनि ओशोका बारेमा यी केहि शब्दहरु लेख्नुको उद्देश्य भनेको एकदमै थोरैमात्र अघि बढेर रोकिएका मेरा पाईलाहरुमा अलिकति भएपनि फेरि गति ल्याउनका लागि हो। काम, पारिवारिक दायित्व आदिलाई दोष दिएर उम्कने सजिलो बाटो नखोजी आफ्नो समयको अलि राम्रो ब्यवस्थापन गरी ध्यान र ध्यान साहित्यको अध्ययनका लागि समय ननिकाली भएको छैन।
यो यो ब्रम्हाण्डको अनन्त विस्तार, त्यो अनन्तभित्रका हरेक कण-कणको अत्यन्त कलात्मक सन्तुलन, यो जीव-जगत, हामी मानवको अस्तित्व- यी सबै कुराहरु अत्यन्त रहस्यमय र भयानक रोमाचंकताले भरिपूर्ण छन्। आफ्नो उन्नत चेतनशीलताका कारण त्यो रहस्यलाई आत्मसात गर्नसक्छ मानवले र उसले गर्नैपर्छ, नत्र उसको चेतनशीलताको कुनै उपयोग छैन। त्यही रहस्यलाई आत्मसात गर्नुलाईनै ओशोले जिन्दगीको सार अथवा ‘आफैंलाई जान्नु’ भन्ने मानेका छन्।
हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एक-एक थरी धर्म अँगालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौँ । तिनै ईश्वरप्राप्तिका लागि भनेर पूजापाठ गर्ने, खसीबोका, हाँसकुखुरा बली दिने गर्छौँ । कोही मूर्तिका सख्त विरोधी छौँ त कोही अन्धभक्त छौँ । हिन्दूले लक्ष्मी माता मानेर पूजा गर्ने गाई मुस्लिमको अल्लाह खुसी पार्ने आधार बन्छ ।
यस प्रकार विरोधाभाषी क्रियाकलापमार्फत हामी मान्छे कर्तव्यनिर्वाह र धर्म प्राप्तिको मार्गमा सरिक छौँ । धर्मको प्रचार र रक्षार्थ भनी खर्चिला यज्ञयज्ञादि, तीर्थयात्रा, गोष्ठी, सम्मेलन आदि भइरहेकै छन् र पनि न मानवसंहार रोकिएको छ, न त धन विनाश थामिएको छ । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र ईर्ष्या जागा अवस्थामा छ।कलुषित भाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ ।
आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्बरी भएर स्वावलम्बी तथा स्वनिर्भरसंस्कृतिका कुरा बिर्सी लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । मौखिक रूपमा हामीले सुमार्गमा फर्केका हुन सक्छौँ तर हाम्रो मन फर्कन सकेको छैन ।
मन फर्काउन चित्तशुद्धिको अभियानमा सरिक रहनु आवश्यक हुन्छ । यसका अनगिन्ती मार्गमध्ये ध्यान, योग, प्राणायमको मार्ग एक महत्त्वपूर्ण मार्ग हो । ओशो विचार र वर्तमान ध्यान भनेको ऊर्जा, उत्प्रेरणा, स्फुरण र उर्वरताको अर्को नाम हो । ध्यानसाधना पथमा डुबुल्की लगाउनेले जीवनमा असीम अनुभूति आर्जनका संयोगहरू प्राप्त गर्छ । ध्यान गर्ने पनि छुट्टै किसिमको विधान छ ।
कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउनेजाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षी भावलाई समात्न सकिन्छ ।त्यसपछि भने असीमताको अनुभूति हुन थाल्छ । यसले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउँछ । हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सच्चिदानन्द) मानेको हामीभित्रको विशाल ऊर्जा जसलाई सक्रिय पार्न ध्यान, योग, प्रणायमको आवश्यकता पर्छ ।
धर्मलाई नष्ट गरिदिए पण्डित एवं पुजारीले । ठिक के हो भन्ने जान्ने मान्छे अरूलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गरिदिन्छन् । त्यसैले कोही कसैको गुरु हुनु हुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, सङ्गठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही ।‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ ।
एउटै बिन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै बिन्दुमा त्यो सबै हुन्छ । तिमी पनि आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मऱ्यो ? तन्नेरी थियौ, अब बुढो भयौ । त्यो तन्नेरी कहाँ मऱ्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’
हामी मानिसलाई भौतिकताका आकाङ्क्षाले यति धेरै गाँजेको छ कि मानिसले हाँस्न बिर्सिएको छ । बाहिरी ओठमा मुस्कान त देखिन्छ तर हृदय तलमा मानिस खुसी छैन । खुसी खोज्न मानिस कहिले रक्सीको सहारा लिन्छ त कहिले अनेक स्थानमा घुम्न जान्छ । अनेक उपाय खोज्छ यी अनेक किसिमका उसले क्षणिक खुसी त दिन्छ तर फेरि मानिस उही विषाद र बेखुसीको दलदलमा भासिन पुग्छ । तसर्थ : ओशोको नव – संन्यास मार्गले मानिसको अन्तस्करणमा लुकेर बसेको अनन्त सम्भावना, खुसी र सन्तुष्टि खोजेर बाहिर निकाल्छ र आत्म जागरुक गराउँदै आत्म रुपान्तरण गराउँदछ । आजको यो समयमा ध्यान साधनाको अत्यन्तै आवश्यकता छ ।
gaireramsharan@gmail.com

