चनौली । जिल्लामा रगतको बढ्दो अभावलाइ कम गर्न पश्चिम चितवनको चनौलीमा वुधबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको मुख्य आयोजना र ब्लड डोनर्स सोसाइटी भरतपुर महानगर शाखा, लायन्स क्लब अफ चनौली, कल्याण आमा समूह चनौली, हाम्रो युवा क्लब चनौली, चनौली बजार ब्यबस्थापन समिति, चनौली टोल विकास संस्था, जे एम सी बचत तथा ऋण सहकारी, बतास बचत तथा ऋण सहकारी, गुन्जनगर खानेपानी तथा सरसफाई, जुरेस भिमनगर मावि, मिलन बजार व्यवस्थापन समिति, रेडियो साहिनो, ब्रम्हाण समुह चनौली, चित्रवन खवर, जेनिथ इंगलिस वोर्डिङ स्कुल चनौली, इलाका प्रहरी कार्यलय चनौली लगायका सस्थाहरू सह-आयोजकको रुपमा रहेको रक्तदान कार्यक्रमको भरतपुर १८ का वडाध्यक्ष बाबुराम राना र भरतपुर २०का वडाध्यक्ष मुक्तीप्रसाद घलेले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।


उक्त अवसरमा वडाध्यक्ष द्वयले चितवनका अस्पतालहरुमा रगतको आवश्यकता बढी हुँदा बिरामीको चाप बढ्ने, तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिने गरेको बताउँदै रगतको अभाव भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमहरुलाई अभियानका रुपमा लानु पर्नेमा जोड दिए। कार्यक्रममा ४० र पुरुष १४१ जना गरि जम्मा १७६ जना ले रक्तदान गरेका थिय ।

जस मध्ये पहिलोपटक रक्तदान गर्ने २५ जना रक्तदाता थिए भने १७ वर्षदेखि ६२ वर्षसम्मका उमेरका रक्तदाताहरूले रक्तदान गरेको नेरेसो चनौली उपशाखा सभापति ओमप्रसाद लामिछानेले जानकारी दिए।
उक्त कार्यक्रममाभरतपुर १८ र २० का वडा अध्यक्ष बाबुराम राना र मुक्ति प्रसाद घले प्रमुख अतिथि रहनु भएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति सिर्जना अधिकारी,वरिष्ठ रक्तदाता विदुर के सी निवर्तमान सभापति लक्ष्मीकान्त दवाडी विशिष्ट अतिथि रहेका थिय । नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापती ओम प्रसाद लामिछाने स्वागत मन्तव्य र उपशाखा सचिव चुडामणि पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रम सफल पार्न विभिन्न संघ सस्था,रेडक्रस प्रेमी ब्यक्तिहरु बाट नगद तथा जिन्सी सहयोग उपलब्ध भएको थियो ।कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सामाजीक ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।




