पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु। नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्त्वपूर्ण थियो। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।उनी २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। त्यसपछि उनी सभामुख बनेका थिए।

