काठमाडौं । अब टिकटकमा अपलोड भएका पोस्ट क-कसले हेरे भनेर थाहा पाउन सकिने भएको छ । केही साताअघि परीक्षणका रुपमा सुरु भएको यो फिचर नेपाली प्रयाेगकर्ताका लागि उपलब्ध गराइएकाे छ ।
यसबाट प्रयोगकर्ताले आफ्ना पोस्ट भ्यु गर्ने फलोअर देख्नसक्छन् । एप अटो-अपडेटमा राख्नुभएको छैन भने यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले प्ले स्टोरमा गई टिकटक एप अपडेट गर्नुहाेस् ।
अपडेट भएपछि एप खोल्नाथ होमस्क्रिनमा ‘तपाईंका पोस्टहरू कसले हेर्याे हेर्नुहोस्’ (See who viewed your posts) भनेर नोटिफिकेसन देखाउँछ ।
यो फिचर प्रयोग गर्न टर्न अन (Turn on) मा ट्याप गर्नुहोस् ।

यसपछि तपाईंको पोस्ट कुन-कुन फलोअरले हेरे भनेर थाहा पाउन सकिन्छ ।

(नाेट: यो फिचर पछिल्लो सात दिनभित्र अपलोड भएका भिडिओ पोस्टमा मात्र उपलब्ध हुनेछ ।)

