झापाको विर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा सुरु हुने भएको छ । हनुमान कम्प्लेक्सको चौथो तल्लामा स्थापना गरिएको ग्रेस इन्टरनेशनलको शाखा कार्यालय भोली (सोमबार) बाट औपचारिक रुपमा संचालनमा आउने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा ग्रेस इन्टरनेशनलका संचालक दिपेन्द्र राउतले बताए ।
विगत १६ वर्ष देखि विदेशमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीहरुकोलागि सम्पूर्ण परामर्श प्रदान गर्दै आएको देशकै ठूलो मध्येको एक ग्रेस इन्टरनेशनलले आफ्नो शाखा कार्यलय विर्तामोडमा सुरु भएको अबसरमा पहिलो २० जनालाई आईएलटिस निशुल्क पढन पाउने सुविधा ग्रेस इन्टरनेशनलले घोषणा गरेको छ ।
अष्ट्रेलिया, क्यनडा, यूके, न्यूजील्याण्ड, अमेरीका लगायतका देशमा विद्यार्थीहरुलाइ उच्च शिक्षाको लागि पठाउँदै आएको ग्रेसले झापा इलामलगायतका जिल्लाका विद्यार्थिलाइ काठमाण्डौ जान नपर्ने गरी सेवा प्रदान गर्न विर्तामोडमा शाखा सञ्चालन गरेको संस्थाका म्यानेजर पर्वत धितालले बताए ।
‘अष्ट्रेलियाका अधिकांस यूनिर्भसिटी, हाइयर कलेज लगायतको आधिकारीक एजेन्सिको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थिले धेरै भन्दा धेरै विकल्प पाउन सक्छन् । विद्यर्थीको चाहाना, क्षमता र आर्थिक तथा पारीवारीक अवस्थाका आधारमा विद्यार्थीलाइ उनिहरुले चाहेकै अप्सन दिन सक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा यूनिर्भसीटि र चाहेकै कोर्स तथा विषयमा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायतका विद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने’ विस्वास रहेको ब्रान्च म्यानेजर धितालको भनाई रहेको छ ।
नेपालमा १० वटा शाखा, अष्ट्रेलीयाका सात वटै स्टेटमा सात वटा, लगायत भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँवाट विद्यार्थिहरुलाइ सेवा दिंदै आएको ग्रेसले विर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हो । नेपाल बाट मात्रै ३० हजार भन्दा वढी विद्यार्थीहरुलाइ सेवा प्रदान गरीसकेको ग्रेसले विद्यार्थीलाइ करियर काउन्सीलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसन लागायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
विद्यार्थीलाइ नेपाल बाट पठाउने, अष्ट्रेलिया पुगेका विद्यार्थिलाइ पनि आफ्नो अध्ययन अवधि भर कुनै प्रकारको शैक्षिक समस्या आइपरेमा सहयोग गर्ने भएकाले ग्रेस विद्यार्थी र अभिभावक दुवैको पहिलो रोजाइमा परेको संचालकको दावी रहेको छ ।
नेपालको दशौ शाखाका रुपमा विर्तामोडमा आफ्नो सेवा सुरु गरेको ग्रेसले काठमाण्डौको पुतलीसडक, बानेश्वर, चितवनको नारायणघाट, टाँडी, लागायत, बुटवल, नेपालगञ्ज, हेटौंडा, विराटनगर, दमक लगायतका स्थानवाट आफ्नो सेवा दिंदै आएको छ ।