घुम्टे एजुकेसनल एकेडेमी स्कुल गलकोट नगरपालिका वडा नम्वर १० मा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को प्रथम त्रैमासिक परिक्षाको रिजल्ट प्रकाशन गरिएको थियो । त्यस्तै कार्यक्रमको अवसरमा परिक्षामा उत्कृष्ट नम्बर लिई उत्तीर्ण हुने सबै विद्यार्थीहरु र अनुशासित विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावकहरु बिच समेत छलफल गरिएको थियो ।
कार्यक्रम घुम्टे एजुकेसनल एकेडेमी स्कुल व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता र प्रिन्सीपल तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।

