भरतपुर,साउन ३- वाल्मीकि शिक्षा सदन भरतपुरकी मेधावी छात्रा दीपिका पोखरेलले SEE २०८० मा ४ जीपीए ल्याउन सफल भएकी छन।
शुरुवाती नतीजामा चित्त नबूझेपछी पुनर्योग गरेकी उनको विज्ञान विषयमा ४ आएसंगै ४ जीपिए ल्याएर वाल्मीकिको विरासत कायम राख्न सफल भएकी हुन।
हुने बिरुवाको चिल्लो पात भने झैं सानै देखी लगनशील, अनुशासित र मेहनती दीपिका परिश्रम अनुसारको फल पाएकोमा ख़ुशी लागेको बताउछीन ।
एसईई २०८० मा ७० जनाकौ ३.६ भन्दा माथी र ४८ जना बिद्यार्थीको ३.२ भन्दा बढ़ी जीपिएसहित जिल्लामै उत्कृष्ठ नतीजा निकाल्न सफल वाल्मीकि शिक्षा सदनमा पटक पटक बिद्यार्थीहरुले ४ जीपिए सहित उत्कृष्ट नतीजा निकाल्न सफल हुने गरेको प्राचार्य प्रदीप पौडेलले जानकारी दिनुभयो।