नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको अवस्था छ।प्रहरीको तथ्याङ्कले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ।सो अवधिमा झन्डै ६०,००० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको थियो।हामी महिला अधिकारको पक्षमा पैरवी गरिरहेका अधिकारकर्मीहरूले भनि रहेकका छौ कि व्यवहारमा देखिने गरी लैङ्गिक समानता सुनिश्चित नगरिएसम्म विभेद र हिंसा नियन्त्रणमा चुनौती देखापरिरहनेछ।यससँगै बालबलात्कारको घटना पनि कहालिलाग्दो छ।
विडम्बना कस्ता मानिस बालयौन दुर्व्यवहारमा संलग्न हुन्छन् भन्ने अनुसन्धान भने भएको छैन। केन्द्रीय बालकल्याण समितिको रिपोर्टअनुसार २०७२ मा भएका ४४ बालयौन दुव्र्यव्यहारका घटनामध्ये ४८ प्रतिशत अपरिचित व्यक्तिबाट, ४१ प्रतिशत चिनजानका व्यक्तिबाट, ११ प्रतिशत हाडनाताका व्यक्तिबाट बलात्कारका घटना भएका छन्। हाडनाताका व्यक्तिबाट बलात्कृत हुनेहरूमध्ये तीनजना आफ्नै बुबाबाट, एकजना हजुरबुबाबाट र एकजना काकाबाट बलात्कृत भएको समितिको रिपोर्ट मा छ।
त्यसैगरी चितवन मा रहेएको सेभ द माइन्ड नेपाल केन्द्रिय कार्यालयकअध्यक्ष पुजा भुसाल काअनुसार सस्थामा आउने गरका 80% बलात्कारका घट्ना आफन्त साथिभाइ र नजिकक आफन्त हरु बाटै हुने गरेको पाइएको बताउछिन।हामी मिडियामा आएकालाई मात्रै रेप भनिरहेका छौं, तर घरघरमा छ बलात्कार। गाउँगाउँमा छ बलात्कार। कति लुकाइएको छ, कति लुकाउन खोजिएको छ।यी तथ्यांकले बलात्कारका घटनामा कस्ता पीडक संलग्न हुन्छन् भन्ने संकेतसम्म गर्छन्, तर यी आफैंमा पूर्ण विवरण होइनन्। बरु यी छरपस्ट तथ्यांकले हाम्रो प्रहरी-प्रशासन तथ्यांक अभिलेखीकरणमा कति कमजोर रहेछ भन्ने देखाउँछ।
तथ्यांक अभिलेखीकरण नै राम्रो नभएपछि घटनाका कारणको खोजीकार्य कतिसम्म उदासीन छ भन्ने प्रस्ट हुन्छ अध्यक्ष भुसाल बताउछिन।। आर्थिक प्रलोभन दिएर अर्काको अस्मितामाथि मजा लुट्ने आपराधिक मनोवृत्तिका मानिस यस समाजमा छन्।त्यसै गरि नसामा ध्रुत भएर बेहोसिमा आफ्नै आफनती छोरिको असमिता लुट्दै गर्दा आन्न्दिइत हुने नरअपिचास रुपि मानव ले गर्दा हाम्रा छोरिहरु असुरक्षित छन। कसैले उचालेकै भरमा अर्काको अस्मिता लुटने प्रवृत्तिका पीडक पनि बाक्लै भेटिएको भुसालको अनुभव छ। आर्थिक रूपमा सक्षमहरूले घटना लुकाउने गरेकाले पनि धेरै मुद्दा बाहिर आउन नसकेको उनको ठम्याइ छ। कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको उनको भनाइ छ। शिक्षित र बौद्धिक व्यक्ति पनि पीडक रहेको बताउँछन् अधिकार्कर्मी भुसाल बताउछिन।‘मौका पाउनेबित्तिकै जुनसुकै वर्गका मानिसले यस्ता अपराध गर्छन्। निकै पढेलेखेका विद्वान्ले पनि यौन दुर्व्यवहार गरेको पाइएको छ।’ समाजमा बलात्कारी व्यक्ति कसरी जन्मिन्छन् ? समाजशास्त्री डा. रामहरि ढकाल भन्छन्, ‘तेस्रो विश्वको गरिब मुलुकमा राजनीतिक अस्थिरता छ र समाजलाई गरिबी र पछोटेपनले गाँजेको छ। त्यस्तो ठाउँमा बलात्कारका घटना हुन्छन्।’ नेपालमा साक्षरता दर कम हुनु, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन पनि लागू नहुनुले शक्तिको दुरुपयोग गर्नेका लागि उपयुक्त समय मिलेको उनको बुझाइ छ।समाजशास्त्री ढकाल बलात्कारका घटनालाई पुँजीवादी समाज व्यवस्थासँग जोड्न आवश्यक ठान्छन्।
भन्छन्, ‘नेपाली समाज सामन्तवादी स्वरूपबाट पुँजीवादमा गएको छ। हिजो गाउँमा डिट्ठा जिम्वाल, प्रधानहरूले कमजोर वर्गका छोरीचेलीमाथि हातपात गर्थे। अहिले धनको आडमा धनाढ्यहरूले गरिरहेका छन्। धनको उन्मादले बलात्कारका घटना भएका छन्।’समाजशास्त्री डा. मिना उप्रेती भने बलात्कारलाई सामाजिक संरचनाको उपज ठान्छिन्। भन्छिन्, ‘बलात्कार समाजकै उपज हो। समाज जब विचलन र निराशामा जान्छ, त्यसबेला अपराध बढ्छ। पारिवारिक विचलन र विखण्डन आउँदा बलात्कारका घटना बढ्छन्। ’युगौंदेखि जरा गाडेर बसेको धर्म, कानुन, मूल्य, मान्यता, मिथक र फितलो कानुनका कारण समाजमा बलात्कारी बढिरहेको उनी बताउँछिन्। त्यस्ता व्यक्ति जन्मनुको मुख्य दोषी राज्य देख्छिन फेरि सेभ माइण्ड नेपाल्की अध्यक्ष । भन्छिन्, ‘बलात्कारी व्यक्ति जन्मिनुको अन्तर्यको दोषी राज्य नै हो।’प्रविधि कति जिम्मेवार ?छ त् भनन्ने हाम्रो प्रस्न मा अध्यक्ष भुसाल भन्छिन कृष्णपुमाछापुछ्रे चोक नजिकै डेरा गरि बस्ने 26 बर्ष कि अनुसा तामाङ (नाम परिवर्तन)कि सात बर्सिय छोरिको आफ्नै आफअन्तबाट बलात्कार भयो यो मुद्दा प्रहरी अनि अदालमा पुगइसकेको छ भने सेभ द माइन्ड नेपालको तफबाट समेत केस फलोअप भैरहेको छ।।
त्यसैगरी चितवन सानोगढी निवासि 14 बर्षकी सजनी ( नाम परिवर्तन)कक्षामा हुदा बाट निरअन्तर बलातकृत भैरहेको अन्तिममा आमालाइ जेठ 2 गते बताएपछि केस अगाडी बडेको उनि बताउछिन।।र हाल यो केस पअनि अदालत मा पुगिसकेको छ भने save the mind Nepal ले फलोअप गर्दै थप अनुसन्धान मा सहयोग पुरआउने भएकोछ। एक48 बर्सिययुवाले एक बालिकालाई फकाइ-फकाइ गोप्य कोठामा लैजाने र संवेदनशील अंगमा छुने गथ्र्यो। एक दिन बालिकाले आफन्तलाईउसको हर्कतबारे भनेपछि घटना सार्वजनिक भयो र उसलाई प्रहरीले पक्राउ गर्यो।
यी प्रसंगले बलात्कारमा सूचना प्रविधिको दुरुपयोगले पनि भूमिका खेल्ने गरेको देखाउँछन्। पछिल्लो समय नेपालीको हातहातमा प्रविधिको पहुँचसँगै पोर्नोग्राफीमा पहुँच पनि बढेको छ। संयोग र निमित्त कारण छुट्ट्याउन मुस्किल पर्ने गरी एकातिर बलात्कारको घटना बढिरहेको छ भने अर्कोतिर प्रविधिमा नेपालीको पहुँच पनि बढिरहेको छ।मौका पाउनेबित्तिकै जुनसुकै वर्गका मानिसले यस्ता अपराध गर्छन्। निकै पढेलेखेका विद्वान्ले पनि यौन दुर्व्यवहार गरेको पाइएको छ। – बलात्कारका घटना बढ्नुको खास कारण यही नै हो भनी किटान गर्न सकिने अवस्था छैन। प्रविधि प्रयोगकर्तामध्ये कतिले पोर्नोग्राफी हेरी बलात्कारका घटनामा संलग्न हुन्छन् |
बलात्कारका घटना बढ्नुको खास कारण यही नै हो भनी किटान गर्न सकिने अवस्था छैन। प्रविधि प्रयोगकर्तामध्ये कतिले पोर्नोग्राफी हेरी बलात्कारका घटनामा संलग्न हुन्छन् भन्नेबारे कारण खोज्न झनै मुस्किल छ। तर बलात्कारका घटना बढ्नुमा प्रविधिले भित्र्याएको पोर्नोग्राफी पनि जिम्मेवार रहेको सरोकारवालाहरू बताउँछन्। बलात्कारका घटना पहिलेको तुलनामा अहिले बढेजस्तो देखिनुमा उजुरी दिने पीडितको संख्य तुलनात्मक रुपमा बढेको हुनाले हुन सकने भुसल बताछिन। तर आजको समाजमा बलात्कारका घटना बढ्नुको कारण मोबइल पनि हो।
प्रविधिले जीवनशैलीलाई छिटोछरितो र सहज बनाएको छ। तर यही प्रविधिको दुरुपयोग गरी कतिजनाले पोर्नोग्राफी हेर्छन् र हेर्नेमध्ये कतिजना बलात्कारमा संलग्न हुन्छन् भन्ने निक्र्योल गर्न निकै कठिन छ। प्रविधि र बलात्कारको सम्बन्धबारे बृहत् अनुसन्धान नै गरिनुपर्ने विज्ञहरूको मत छ। प्रहरी अधिकारीहरू भने बलात्कारका घटना बढ्नुमा प्रविधिको २० प्रतिशत भूमिका भएको बताउँछन्। यद्यपि अधिकारीहरूको यो धारणा पनि अनुमान मात्र हो, अनुसन्धानमा आधारित भने होइन। प्रविधिले समाजलाई कस्तो बनाउँदैछ ? त्यसको सदुपयोग र दुरुपयोग कसरी भइरहेको छ ? यसको अनुगमन गर्ने नीति सरकारसँग देखिँदैन। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल समाजमा द्वेष फैलाउने, उछृंखल गतिविधि निम्त्याउन सक्ने सामग्री प्रवाह नगर्न इन्टरनेट प्रदायक कम्पनीलाई निर्देशन जारी गरिएको बताउँछन्।
प्रविधिको विस्तारसँगै भित्रिने विकृति रोक्ने गरी राष्ट्रिय नीति बनाउन प्राधिकरणले नेपाल सरकारलाई मस्यौदा बनाई सिफारिस गरिएकअवस्था छ।शिक्षित र विकसित देशमा सामाजिक सञ्जाल सदुपयोग भइरहेको र अविकसित देशमा दुरुपयोग भएकाले बलात्कारका घटना बढेको सक्छ। ‘अशिक्षा, गरिबी र बेरोजगारले व्याप्त नेपालमा प्रविधिको सही सदुपयोग हुन सकेको छैन।’सामाजिक सञ्जालसहित अनलाइन पोर्टलहरूले भल्गर सामग्री प्रकाशित गरी यौनजन्य अपराधलाई अवस्था छ। दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे। नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब १२ सय पुगेको छ।
अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा ६ सय प्रतिशतले बढेको छ। बलात्कारका घटना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन। आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अश्लील चलचित्र र पुरुषप्रधान सोच आदिका कारण बलात्कार हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ। तर समाजशास्त्रीहरू भने अपराधमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन्।
हामी मिडियामा आएकालाई मात्रै रेप भनिरहेका छौं, तर घरघरमा छ बलात्कार। गाउँगाउँमा छ बलात्कार। कति लुकाइएको छ, कति लुकाउन खोजिएको छ। यी तथ्यांकले बलात्कारका घटनामा कस्ता पीडक संलग्न हुन्छन् भन्ने संकेतसम्म गर्छन्, तर यी आफैंमा पूर्ण विवरण होइनन्। बरु यी छरपस्ट तथ्यांकले हाम्रो प्रहरी-प्रशासन तथ्यांक अभिलेखीकरणमा कति कमजोर रहेछ भन्ने देखाउँछ। तथ्यांक अभिलेखीकरण नै राम्रो नभएपछि घटनाका कारणको खोजीकार्य कतिसम्म उदासीन छ भन्ने प्रस्ट भइहाल्छ।
बलात्कृतलाई किन लाज ?
सेभ द माइन्ड नेपाल का अध्यक्ष पुजा भुसाल का अनुसार बलात्कारका पीडक उच्च वर्गदेखि तल्लो वर्गसम्मका हुने गरेको बताउँछिन्। शिक्षित र बौद्धिक व्यक्ति पनि पीडक रहेको बताउँछन् अधिवक्ता अधिकारी। भन्छन्, ‘मौका पाउनेबित्तिकै जुनसुकै वर्गका मानिसले यस्ता अपराध गर्छन्। निकै पढेलेखेका विद्वान्ले पनि यौन दुर्व्यवहार गरेको पाइएको छ।’ सेक्स जैविक आवश्यकता हो भन्ने चलन छ, तर समाजशास्त्रले सेक्स्युलिटीलाई पनि समाजकै उत्पादन मान्छ। सेक्स्युलिटी भनेको समाज निर्मित हुन्छ। बजारले सेक्सी देखाइदिने र व्यापार बढाउने काम गरिरहेको छ।
छोटा लुगा लगाएकै कारण बलात्कार बढेको हो भने बलात्कार बढ्नुको कारण लुगा होइन, बजार हो। बजारलाई राज्यले नियन्त्रण गर्नुपर्छ। त्यस्तो हुन सकेको छैन। त्यसकारण भन्न सकिन्छ, बलात्कारी समाजकै संरक्षण र शक्ति उन्मादमा समाजभित्रै हुर्किरहेको हुन्छ।बलात्कार समाजकै उपज हो। समाज जब विचलन र निराशामा जान्छ, त्यसबेला अपराध बढ्छ। पारिवारिक विचलन र विखण्डन आउँदा बलात्कारका घटना बढ्छन्।’बलात्कार कम गर्न यौनलाई उदार बनाउनुपर्छ। हाम्रो सामाजिक संरचनाले सेक्स्युअल पार्टन राख्न विवाहअघि अनुमति दिँदैन।
विवाह ३० वर्षमा हुन्छ, तर मानिसको यौनिक आवश्यकता १२ वर्षमै सुरु हुन्छ। यस्तो अवस्थामा कसरी मिलाउन सकिन्छ ? बलात्कारका घटना बढ्नुमा यो पनि एउटा जिम्मेवार कारण हो। हाल आएर १५ देखि २५ वर्ष उमेरमा सबैभन्दा धेरै गर्भपतन हुने गरेको छ। ती सबै स्कुल, कलेज पढेकाहरू छन्। कोही शिक्षकबाट, बाबुबाट, प्रेमीबाट बलात्कृत भएका छन्। हामी मिडियामा आएकालाई मात्रै रेप भनिरहेका छौं। तर घरघरमा छ बलात्कार।
गाउँगाउँमा छ बलात्कार। कति लुकाइएको छ, कति लुकाउन खोजिएको छ। बलात्कारका घटनालाई बाहिर आउन नदिनु नै बलात्कार बढ्नुको कारण हो। बलात्कारका घटना बढ्नुमा समाज दोषी छ। समाजले बलात्कारी बढाइरहेको छ। कानुन, परिवार, बुद्धिजीवी, लेखक, शैक्षिक संस्था सबैले बलात्कारी बढाइरहेका छन।सेक्स जैविक आवश्यकता हो भन्ने चलन छ, तर समाजशास्त्रले सेक्स्युलिटीलाई पनि समाजकै उत्पादन मान्छ। सेक्स्युलिटी भनेको समाज निर्मित हुन्छ। बजारले सेक्सी देखाइदिने र व्यापार बढाउने काम गरिरहेको छ।
छोटा लुगा लगाएकै कारण बलात्कार बढेको हो भने बलात्कार बढ्नुको कारण लुगा होइन, बजार हो। बजारलाई राज्यले नियन्त्रण गर्नुपर्छ। त्यस्तो हुन सकेको छैन। त्यसकारण भन्न सकिन्छ, बलात्कारी समाजकै संरक्षण र शक्ति उन्मादमा समाजभित्रै हुर्किरहेको हुन्छ।
-(लेखिका पेशाले – नर्सिङ लेक्चरर , संचारकर्मी , सामाजिक अभियान्ता साथै लेखिका पनि हुन् | )