रामशरण गैरे
१.
थाकीएछ उकाली ओराली गर्दा गर्दै
जिन्दगीमा नयाँ नयाँ ठाउ सर्दा सर्दै ।
हरेक पल निरस किन जिन्दगीका ?
बाच्नैका लागी नयाँ ठाउ चर्दाचर्दै,
जन्मे काहाँ, हुर्के काँहा मर्ने काहाँ हो
वितिगयो सुख खोज्न वेशी झर्दा झर्दै ।
चाहे जस्तो काहाँ हुने रैछ र जिन्दगी
फिक्का बन्यो नै जिवन रंग भर्दा भर्दै ।
निरस पल वितिरहे अभावै अभावमा
जिन्दगी सकियो अरूकै दुख हर्दा हर्दै
२.
विदेसीको इसारामा देश चलेको छ
आगो लाउछन तिनैले देश जलेको छ ।
हामीले अझ सकेनौ सत्य तथ्य बुझ्न
तिनकै डर र दवावले देश गलेको छ ।
धेरै गरे आत्मघाती सन्धीहरू तर्साएर
स्वार्थकै खेती सवको यहाँ फलेको छ।
अव पनी नवसौ हामी बुझ पचाएर
षडयन्त्र गरी भाइ भाइ लडाएको छ।
दरीद्र र कमजोर भयो बिर गोर्खाभुमी
गुलाम छन देशै भरी छाती जलेको छ।
(२)
छैन अव कत्ति पनी सुशासनको आँस यहाँ
अकालमै गएको छ गरिवहरुको सास यहाँ।
आश्वासन मात्र दिन्छन भ्रष्ट छन नेताहरु
अभावले हुदैछ धेरै गरिवकोउठीबास यहाँ ।
छैन देसमा रोजगारी, न चल्छ व्यवसाय
युवा जती विदेसीय जुटाउन गाँस यहाँ।
मुठ्ठी भरका लुटेरालाइ स्वर्ग छ यो देश
केही गर्न खोज्नेलाइ छैन केही खास यहाँ ।
जनताको हित चाहाने कोही भएन यहा
विदेसीले कुनै दिन बनाउनेछन् दास यहाँ ।
(३)
सायद भाग्यमा यस्तै लेखेको छ।
तिम्रा यादहरूले मुटु छेडेको छ।
थाहा छ रूने नै त हो भोली पनी
निर्दयी यो दैवले मलाइ हेपेको छ।
सक्तिन भुल्न उनलाइ कसै गरी
अतितका यादले मन जेलेको छ।
जिन्दगीमा कुनैदिन आएन वहार
हसिलो मुहार वादलुले घेरेको छ।
उदास वनी नजर लाउछु दोवाटोमा
मेरा खुशी तिमि भित्र अडेको छ।
रात वित्छन हराउदै कल्पनामा
मेरो संसार तिमीमै अल्झेको छ।
४,
यस्तै रै छ परदेसीको जिन्दगी भन्नु नै
जाती रैछ स्वदेसमा भिरपाखा खन्नु नै ।
दुख पीडाँमा छटपटीयर पनी बाच्नै पर्ने
वाहिर हासेपनी भित्र छ चुपचाप रुनु नै।
न खोजे,न सोचे जस्तो भयो जिन्दगी
पर्ने रैछ हर चोटहरू चुपचाप सहनु नै ।
जिन्दगी रहे सम्म दुखसँग लड्नैपर्छ,
रैछ आखीर सबै नियतीको दास बन्नु नै ।
सोच्थे जिवन वसन्तमा फुल्ने फुल बन्छ
पर्ने रै छ बाचुञ्जेल दुखका दिन गन्नु नै ।
नसकिने रैछ जिन्दगीको परिभाषा फेर्न
नियम नै रैछ काँडा बनी बिझाइ रहनु नै ।
५,
सरकार बनेर, ढालेर पो के भो?
कागलाइ बेल पाकेर पो के भो?
दिएको नै के छ र सरकारले ?
नेता जिताउन लागेर पो के भो?
नयाँ जोगी पनी कानै चिरेका
धर्तीका बोझ राखेर पो के भो?
तस्कर,दलालकै हित सोच्छन सबै
कस्को जितमा नाँचेर पो के भो?
भरतपुर १९ चितवन