सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार यो निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ।
बैठकले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने पनि निर्णय गरेको छ। साथै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए।

