भरतपुर । यसपटकको चितवन महोत्सवमा कृषि क्षेत्रकै प्रतिमा रहने भएको छ। आगामी पुस २५ गतेबाट सुरू हुने चितवन महोत्सवमा मौरीको प्रतिमा रहनेछ। कोभिडका कारण गत वर्ष प्रभावकारी हुन नसकेर बीचमै महोत्सव स्थगित गरेपछि चितवन महोत्सव यसपटक गरिन लागिएको उवासंघ चितवनले जनाएको छ । संघ महोत्सवको मुख्य आयोजक हो।
उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यसपटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा मौरीको प्रतिमालाई देखाइने बताए । उनले भने, ‘यसपटक तोरीबारीलाई पनि उतारिनेछ ।’ विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपालि चौधौँ संस्करण हो । पहिलो चितवन महोत्सव नारायणगढको क्याम्पाचौरमा भएको थियो।
क्याम्पाचौरमा साँघुरो भएपछि त्यसपछिका चितवन महोत्सव नारायणी नदीकिनार नारायणगढमा भइरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार यसपटक चितवन महोत्सवमा मह र तोरीलाई विशेष प्रवद्र्धन गरिनेछ । उनले भने, ‘महोत्सव स्थलमा आकर्षक मौरीको प्रतिमा कुँदिएको छ, तोरीबारीको परिसर पनि रहनेछ ।’
स्थानीय कुनै विशेष उत्पादनलाई केन्द्रित गरेर हरेक चितवन महोत्सवमा ठूलो खर्चमा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेर प्रतिमाहरु कुँदिएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘कृषिका यस्ता प्रतिमाहरुले महोत्सवका पाहुनाहरुलाई आकर्षण मात्र गरेको छैन, कृषि क्षेत्रको प्रवद्र्धनमा पनि ठूलो टेवा पुगेको छ ।’
उवासंघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले प्रतिमाहरुले आगन्तुकहरुलाई आकर्षण गर्नुका साथसाथै कृषि प्रवद्र्धन पनि भइरहेको बताए । उनले भने, ‘महोत्सवमा कहिले माछाको, कहिले कुखुराको त कहिले गाईको प्रतिमा बनाइयो । यसले महोत्सवको आकर्षण त बढायो, यसका अलावा प्रवद्र्धन पनि भइरहेको छ ।’
उनका अनुसार चितवन महोत्सवमा गाईको प्रतिमा बनाइएपछि चितवनमा गाईपालनमा लाग्ने किसानहरु बढेका थिए भने कुखुराको प्रतिमा बनाउँदा कुखुरापालन गर्नेको संख्या अधिक भएको थियो ।
२०६७ सालबाट चितवन महोत्सवमा प्रतिमा बनाउन थालिएको पूर्वअध्यक्ष प्रधान बताउँछन् । उनी भन्छन्, ‘सुरूमा कुखुराको प्रतिमा बनाइएको थियो, अहिले मौरीको प्रतिमा बनाइएको छ । अहिलेको मौरीको प्रतिमा बनाउन डेढ लाख लगानी भएको छ ।’
२०७५ सालको चितवन महोत्सवमा माछाको प्रतिमा बनाइएको थियो । बालुवामा कुँदिएको २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिले उक्त वर्ष धेरै पाहुनाहरुलाई आकर्षण गरेको थियो ।
२०७३ सालको चितवन महोत्सवमा किसानले बोटमै केरा टिपिरहेको प्रतिमा बनाइएको थियो । २०७१ सालको चितवन महोत्सवमा गाई र किसानको प्रतिमा बनाइएको थियो । २०६९ सालको महोत्सव परिसरमा केराको बोटको प्रतिमा बनाइएको थियो ।
पूर्वअध्यक्ष सहन प्रधानले लगातारजसो कृषि क्षेत्रको प्रतिमा तयार पारेर यसको विकास र प्रवद्र्धन भइरहेको बताए । उनले भने, ‘आगामी दिनमा घरेलु उद्योग तथा अन्य क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि अरु पनि प्रतिमा बनाउन सकिन्छ ।’
उनका अनुसार हरेकपटकको महोत्सवमा कृषि क्षेत्रको मात्र प्रतिमा बनाइरहेको हुनाले यसपटक पनि कृषि क्षेत्रको प्रतिमा तयार पारिएको हो । आगामी दिनमा घरेलु तथा अन्य क्षेत्रको विकास र प्रवद्र्धन हुने गरी प्रतिमा तयार पार्ने सोचको विकास गरिनेछ ।
यस पटकको चितवन महोत्सवमा पनी कृषि प्रतिमा राखीने
यस पटकको चितवन महोत्सवमा पनी कृषि प्रतिमा राखीने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

