काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो ।
मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ र अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ ।