पहिलो र दोस्रो डोजको कोरोना खोप लगाएका चितवनका एक संक्रमितको मृत्यु भएको छ । अन्य रोगबाट समेत ग्रसित एक पुरुष संक्रमितको मृत्यु भएको हो । कोरोना खोप लगाएका व्यक्तिमा गम्भिर किसिमको संक्रमण नभेटिएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकाल बताउँछिन् ।
उनका अनुसार पहिलो डोजको खोप लगाएका व्यक्तिमा संक्रमण दर करिब १० प्रतिशत पाइएको छ । पहिलो र दोस्रो दुवै डोजको खोप लगाएका व्यक्तिमा संक्रमण दर दुई प्रतिशतको हाराहारीमा छ । खोप लगाएका व्यक्तिमा संक्रमण पाइएपनि गम्भिर अवस्था भने नरहेको उनले बताइन् ।