नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णयले चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा (मेसु) प्रा डा कृष्ण पौडेललाई नियुक्त गरेको छ।
हाडजोर्नी विशेषज्ञ डा पौडेल भरतपुर अस्पतालमा नै कार्यरत छन्। हाल भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (प्र मे सु) को रुपमा हार्डजोर्नी विशेषज्ञ डा रोशन न्यौपाने हुनुहुन्थ्यो। मन्त्रालयले उनको स्थानमा डा पौडेललाई जिम्मा दिएको हो। डा न्यौपानेलाई राजविराज सप्तरी स्थित राम राजा प्रसाद सिंह प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ। डा पौडेलले यसभन्दा अघि पनि अस्पतालको मेसुको रुपमा काम गरिसक्नु भएको छ।

