बेलायतले नेपाललाई २१ लाख एस्ट्राजेनिका खोप सहयोग गर्ने भएको छ।
तीमध्ये ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिइन्।
उनले सोमबार एक ट्विटमार्फत उक्त जानकारी गराउँदै यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उल्लेख गरेकी छन्।
उनले खोपले काम गर्ने पनि आफ्नो ट्विटमा उल्लेख गरेकी छन्। ‘खोपले काम गर्छ,’ उनले भनेकी छन्।
बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका #कोभिड१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ। खोपले काम गर्छ । यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ।@mohpnep #VaccinesWork pic.twitter.com/XIT3lqhg9O
— NicolaPollitt (@NicolaPollittUK) February 7, 2022