चितवन । चितवनले एकै पटक तीनवटा मकैको नयाँ जात विकास गरेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले दशबर्षको अनुशन्धान पछि तीन वटा नयाँ जात विकास गरेको हो ।
रामपुरले विकास गरेको तीन मकै ‘रामपुर हाइब्रिड–१२, १४ र १६’ वर्णशंकर मकैको जात हो।
तराई र पहाडको हावापानी सुहाउँदो मकैको परीक्षण पूरा गरेर राष्ट्रिय बीउ गुणस्तर केन्द्रमा सिफारिस गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान जनाएको छ ।
यसका लागि बीउ गुणस्तर केन्द्रको बीउबिजन समन्वय समितिले पारित गरेपछि मन्त्रीपरिषद्को बैठकले प्रमाणिकरण गर्ने गर्दछ।
यी जात मध्ये रामपुर हाइब्रिड–१२को उत्पादकत्व बढी देखिएको छ। यसको उत्पादकत्व सरदरमा प्रतिहेक्टर ९ दशमलव ४५ मेक्ट्रिक टन रहेको ।
राष्ट्रिय मकैबालीले किसानको बारीमा समेत गएर विकास गरिएका मकैको परीक्षण गरिसकेको छ।
रामपुर हाइब्रिड–१४ को उत्पादकत्व प्रतिहेक्टर ६ मेक्ट्रिक टन रहेको छ राष्ट्रिय मकैबालीले बताएको छ । बढीमा ११ मेक्ट्रिक टन देखिएको छ । यसलाई एभ्रेजमा राख्दा ९दशमलव ४५ मेक्ट्रिक टन उत्पादन हुने अनुमान राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले गरेको छ ।

