चितवन : कोरोना संक्रमण दर उच्च हुदै जाँदापनि मानिसमा सतर्कता अपनाउने क्रम बढेको छैन। खुलमखुल्ला मास्क नलगाई बाहिर निस्किने प्रवृतिलाई निरुत्साहित गर्नका लागि चितवन प्रहरीले “तपाईंको मास्क खै ? ” अभियान सुरु गरेको छ।
छिमेकी मुलुक भारतमा कोरोनाका कारण दैनिक हजारौं मानिस अक्सिजनको अभाबमा ज्यान गुमाइरहेका छन्। पश्चिम नेपालको बाँकेमा पनि अस्पतालमा बिरामीको चापले गर्दा बेड नपाउने समस्या सिर्जना भैसकेको अस्पतालका निर्देशक डा राजन पाण्डेले संचार माध्यमलाइ बताएका थिए। यस्तै बिकराल अवस्था आउन नदिनका लागि भएपनि मानिसलाई सम्झाउनको लागि पनि सतर्कता अभियानले ठुलो महत्व राख्ने सरोकार वालाहरु बताउँछन ।

