चितवनको रामपुरमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन । भरतपुर महानगरपालिका-१६ रामपुर स्थित धिरेन्द्र हमालको घरमा हारजित हुनेगरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट नगद १ लाख १७ हजार ४ सय ५५ रुपैंया बरामद गरिएको छ ।
उनिहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।